धरान : झापाको अर्जुनधारा नगरपालिका ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ ।

आज दिउँसो साँढे १२ बजेको समयमा उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।