जर्मनमा बनेको बिएमडब्लु गाडी नेपालमा, मूल्य दुई करोड माथि

  • आश्विन ३०, २०७७
  • ३८० पटक पढिएको
  • कपुरी न्यूज
alt

काठमाडौं : जर्मन गाडी बिएमडब्लु नेपाल भित्रिएको छ। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई करोड रुपैयाँ मूल्य माथिका बिएमडब्लु भित्र्याएको हो।

कोरियाली कम्पनी हुण्डाई गाडीको समेत अधिकृत बिक्रेता रहेको लक्ष्मीले बिएमडब्लुका लागि अत्याधुनिक शोरुमसहित सर्भिस सेन्टर समेत तयार पारिसकेको छ। लक्ष्मी समूहले बिएमडब्लुका विभिन्न सिरिजका गाडी आइसकेको बताउँदै ६ वटा बिक्रीसमेत भइसकेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार दुई करोड मूल्यका ६ वटा गाडी बिक्री भइसकेको लक्जरी सेग्मेन्टको गाडीको नेपालमा बजार हिस्सा बढ्दै गएकोले त्यही बजार देखेर विश्व प्रसिद्ध ब्राण्ड ल्याएको जानकारी दिएको छ ।

नेपालमा लक्जरी सेग्मेन्टका विभिन्न गाडी बिक्री भए पनि शोरुमदेखि सर्भिस सेन्टरको व्यवस्था राम्रो छैन। अझ कतिपय कम्पनीले आधिकारिक बिक्रेताको रूपमा नभई सब डिलरमार्फत किनेर यहाँ गाडी बिक्री गरिरहेका छन्।

गाडीको ब्राण्ड उपभोग र अनरसिप मात्र नभइ प्राप्ति पछिको सेवालाई मुख्य प्राथमिकता दिएर कम्पनीले बिएमडब्लुका ग्राहकलाई सन्तुष्ट बनाउने उद्देश्यसहित सर्भिस सेन्टरमा समेत राम्रो लगानीमा तयार पारिरहेका बताएको छ ।

बिएमडब्लु बिक्रीका लागि कम्पनीले तीनकुनेस्थित सेल्स, सर्भिस, स्पेयर पार्ट्स 'थ्री एस' शोरुम तयार गरिसकेको छ । बिएमडब्लु विक्रीका लागि कम्पनीले तीनकुनेमा आधिकारिक बिक्री केन्द्र स्थापना गरेको छ।

कम्पनीले सुरुमा एक्स वन, एक्स टु, एक्स थ्री, एक्स फाइभ लगायत चार भेरियन्टको बिएमडब्लु बिक्री गर्ने र नेपाली बजारमा यी चारैवटा गाडीको मूल्य करिब दुई करोडदेखि चार करोड रुपैयाँसम्म पर्नेछ।

कम्पनीले चारवटा सेग्मेन्टका १२ वटा गाडी भित्र्याइसकेको छ। कम्पनीका अनुसार गाडीमा ग्राहकको इच्छा अनुसारको फिचर जडान गर्न मिल्छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved