इटहरी : इटहरीमा शुक्रवार पद्यमश्री पुरस्कारबाट सम्मानित कृती मोक्षभुमी माथि संवाद हुने भएको छ ।

इटहरीका केशव दाहालद्वारा लिखित पुस्तक मोक्षभुमीमाथी शुक्रवार दिउँसो २ बजे संवाद हुने भएको हो । पद्यमश्री पुरस्कारबाट सम्मानित पुस्तक मोक्षभुमिले आफ्नै गृह नगरमा पहिलो पटक संवादको अवसर पाएको छ ।

धरणीधर दाहाल स्मृति प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठानको आयोजनामा कार्यक्रम तय भएको छ । पुस्तक माथि साहित्यकार बम देवान, समालोचक रामजी तिम्सिना, कवि सीमा आभास र टिका आत्रेयले बहस गर्ने भएका छन् । कवि मनु मन्जिल सहजकर्ता रहेको कार्यक्रममा इटहरी धरान र विराटनगरका साहित्यकार तथा पाठकको उपस्थिति रहने आयोजकले जनाएको छ ।

मोक्षभुमी मार्फत इटहरीको साहित्यिक क्षेत्रले नयाँ उचाइ पाएको धरणीधर दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष ज्ञानेन्द्र दाहालले बताए । इटहरीका लेखक र कृतीले पहिलो पटक पद्यमश्री सम्मान पाएकाले त्यसलाई थप उचाइमा पुर्‍याउन र गृह नगरमा प्रचार बढाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा ३ सय बढी साहित्यकार पाठकको उपस्थिति हुनसक्ने उनले जानकारी दिएका छन् ।