इटहरी : सुनसरीमा ६८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना सङ्क्रमण भएको छ। ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण भएको हो।

मोरङको विराटनगरमा १६४, बुढीगंगामा ९, कटहरीमा ३, रङ्गेली, सुन्दरहरैचा र जहदामा २-२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहबीमा २-२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १-१, झापाको बिर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्ध शान्ति, शिवसताक्षी र कनकाईमा २-२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १-१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।