धरान : १२ वर्षमा एक पटक लाग्ने पूर्ण कुम्भमेलाकै बेला रामानन्दाचार्य महाराज कृष्णदासले संकटमोचन यज्ञ आयोजना गर्ने घोषणा गरेका छन् ।
आगामी चैत २७ देखि २०८१ वैशाख २८ गते सम्म हुने तेस्रो पूर्ण कुम्भ महोत्सव प्राचीन हरिद्वार चतराधाम हुँदैछ । सोही बेला संकटमोचन यज्ञ आयोजना गरिने भएको हो ।
रामानन्दाचार्य महाराज कृष्णादासले मंगलबार होटेल गजुरमा पत्रकार सम्मेलन गर्दे उक्त जानकारी दिएको हुन । उनले भने ‘चतरामा हुने कुम्भमेला र संकटमोच महायज्ञले विश्व समुदायको उपस्थिति र प्रचारले चतरा धार्मिक पर्यटन उद्योग निर्माण हुनेछ ।’
रामानन्ददाचार्य सेवा पीठ चतराधामका प्रवक्ता गोविन्द बाबु तिवारीले महायज्ञमा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरको संयुक्त आयोजनामा चैत्र २७ गते देखि २०८१ वैशाख ४ गते सम्म नौ दिने श्रीराम कथा वाचन हुने बताए ।
उनका अनुसार २०८१ वैशाख १ देखि ११ गते सम्म एक करोड सङ्ख्याको आहुति पूजन सहित संकटमोचन श्रीहनुमद् महायज्ञ, वैशाख ५ देखि विश्वकै एकमात्र तारकब्रहम पीठको बागेश्वरधाम भारतका पिठाधिश धिरेन्द्र शास्त्री महाराजबाट शिलान्यास हुनेछ ।
वैशाख ५ देखि ९ सम्म श्रीहनुमद् कथा प्रवचन र आर्त दरबार आयोजना, वैशाख ११ देखि २६ गते सम्म महायोग साधना र वराहक्षेत्रको ऐतिहासिक विवेचना सहितको कार्यक्रम एक महिना सम्म सञ्चालन हुने भएको प्रवक्ता तिवारीले जानकारी दिए ।
उनले भने महायज्ञ र कुम्भमेलाले विशेषतः आर्थिक चलायमान साथै पर्यटन प्रवर्द्धन नै रहेकाले सम्पूर्ण जनसमुदायलाई महाकुम्भ मेलामा उपस्थित हुन आग्रह गरे ।
धर्मगुरु कृष्णादासले आफू विगत २० वर्ष देखि धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रबाट उन्नत गराउन निरन्तर लागि परेको तर विकासको गति कमिलाको चालमा भएको बताए ।
उनले आम जनमानसमा साधुहरू नै एक नभएको भन्ने भ्रामक बुझाई रहेको बताउँदै कसैले भ्रम सृजना गरेको दाबी गरे । उनले भने ‘आदरणीय पूजनीय गुरु बालसन्तले सुरुवात गरेको अभियानलाई काँधमा हालेका हौँ ।’
धर्मगुरु दासले गुरु बालसन्तसंग कुनै सिकायत नभएको बताउँदै उनले नै सुरु गरेको अभियानलाई आफूले निशर्त साथ दिएको उल्लेख गर्दै भने ‘हामी बिच कुनै मनमुटाब छैन ।’
धार्मिक पर्यटनलाई एकै साथ विकास गर्दै चतरालाई बिकासीत बनाउँदै दुनियाँ सामु चिर परिचित गराउने उद्देश्य रहेको बताए । महायज्ञमा बागेश्वर बाबाको उपनाम पाएका चर्चित बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्रीलाई ल्याएर धार्मिक पर्यटनका लागि संकटमोचन गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।