धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीको आव्हान अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई बिपी प्रतिष्ठानमा उपचाररत पत्रकार रणध्वज लोहारलाई कपुरी न्युज अनलाइनको तर्फबाट आज आइतबार बिहान आर्थिक सहयोग प्रदान गरिएको छ ।
प्रधान सम्पादक हर्ष सुब्बा, प्रबन्ध निर्देशक मातृका प्रसाद नेपाल सहित टोलीले शीघ्र स्वास्थ्य लाभको कामना सहित सघन उपचार विभागमा श्रीमती कोपिला लोहार र छोरा निशान लोहारलाई १० हजार रुपया हस्तान्तरण गरेको हो ।
गत मङ्गलवार राति साढे ९ बजे धरान–६ पानबारीस्थित मदन भण्डारी राजमार्गको छतिवन चोकमा पत्रकार लोहार सवार को २१ प ५५८५ नम्बरको सुजकी मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा गम्भीर रूपमा घाइते भएका लोहारको टाउको र फोक्सोमा रगत जमेको हुँदा उनी हाल प्रतिष्ठानको आइसियुमा उपचाररत छन् ।