धरान : जेन्जी आन्दोलन नाममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि धरान–१७ सचेत नागरिक समूहले तिहारमा सांस्कृतिक देउसे खेलेर कोष सङ्कलन गर्ने भएको छ ।

समूहले देउसे कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । समूहले आज आइतबार पत्रकार सम्मेलन आयोजना गरी कात्तिक ५ गते रेल्वेचौकमा सांस्कृतिक देउसे कार्यक्रम आयोजना गरिने जनाएको हो ।

समूहका संयोजक दयाराम थापाका अनुसार, देउसे कार्यक्रमबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा खोलेको खाता नं.१९६०१००१०२०७०००४ ९भौतिक पूर्वाधार पुनर्निर्माण कोष मा जम्मा गरिनेछ ।

यसअघि समूहले २०८१ को भीषण बाढीमा पीडितहरूका लागि देउसे कार्यक्रम मार्फत २ लाख ५ हजार रुपया सङ्कलन गरी सरकारी राहत कोषमा बुझाएको थियो ।

कोरोना महामारीको समयमा समेत यस समूहले खाद्यान्न वितरण, लत्ताकपडा सहयोग, होल्डिङ सेन्टर र क्वारेनटाइन व्यवस्थापन गरेको थियो ।

यसपालिको देउसी कार्यक्रममा धरान–१७ वडा कार्यालयको सहकार्य रहने जानकारी दिदैं संयोजक थापाले सम्पूर्ण धरानवासीलाई सांस्कृतिक देउसे कार्यक्रममा सहभागी भई सामाजिक उत्तरदायित्वमा हातेमालो गर्न अनुरोध गरेका छन् ।