धरान : धरानको रात्रिकालीन मनोरञ्जन क्षेत्र बगरकोटमा ५ करोड रुपया लगानीमा भिन्टेज नाइट क्लब नयाँ संरचना सहित पुन सञ्चालनमा आएको छ ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले शुक्रवार साँझ उद्घाटन गरेपछि नाइट क्लब औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

क्लबमा २० जना वाउन्सर छन् । ७० जनाले रोजगारी पाएका छन् । क्लब साउन्ड प्रुफ भएकोले भित्रको कुनै पनि होहल्ला बाहिर नसुनिने क्लबका सञ्चालक सन्तोष विकले बताए । 

उनका अनुसार क्लबमा राती २ बजे सम्म मनोरञ्जन गरी घर जान नसक्नेलाई गाडीले घरै सम्म पुर्‍याइदिने व्यवस्था छ । 

धरानको आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी ५ करोड रुपैयाँको लगानीमा सो क्लब सञ्चालनमा आएको सञ्चालक विकले बताए ।

एसी जडित सुविधा सम्पन्न अत्याधुनिक क्लबमा १ हजार जना सम्मको लागि खानपानको व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ । 

सुरक्षाको दृष्टिले क्लबमा अत्याधुनिक सिसी क्यामरा, सेक्युरिटी गार्ड सहित पार्किङको व्यवस्था गरिएकाले छ । क्लबले विशेष अवसरहरूमा चर्चित कलाकारहरूसँगको सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरूको पनि आयोजना गर्ने बताइएको छ ।

vintage 1