मुम्बई :  बलिउड गायिका कनिका कपूर पछिल्लो समय कोरोना भाइरसको संक्रमाणबाट निको भएकी छिन।

लण्डनबाट भारत फर्किएकी कनिकामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले भने उनी पूर्ण रुपमा निको भएकी छिन् ।

कोरोना पोजेटिभ देखिएपछि पनि उनले केही पार्टीमा सहभागिता जनाएको भन्दै कनिकाले विवादको पनि सामना गर्नुपरेको थियो । उनमा कोरोना देखिएपछि लखनउको एक अस्पतालमा भर्ना गरिएको थियो ।

कनिकामाथि लापरवाही गरेको र ट्राभल हिस्ट्री लुकाएको आरोपमा प्रहरीमा उजुरी पनि परेको छ । यतिबेला परिवारका साथ रहेकी कनिकाले हालै इन्स्टाग्राममा मार्फत एक पोस्ट सार्वजनिक गरेकी छिन् । उनले उक्त पोस्टमा आफूमाथि लागेका आरोपको खण्डन गरेकी छिन् ।

कनिकाले अहिले आफू लखनउमा परिवारका साथ बसेको बताएकी छिन् । उनले मुम्बई या लखनउमा जोसँग सम्पर्कमा आएकी थिइन्, उनीहरुलाई कोरोना नभएको पुष्टि भएको पनि उल्लेख गरेकी छिन् ।

कनिकाले आफूले कसैलाई पार्टी नदिएको पनि बताएकी छिन् । भारतीय मिडियाले भने कनिकाले पार्टी दिएको लेखेका थिए ।