परफेक्टको अनपरफेक्ट काम
सुनसरीको दुहवी ३ स्थितमा रहेको परफेक्ट फुड प्रोडक्ट चकलेट उद्योग को लपरवाहिले गर्दा स्थानियहरु आक्रोसित भएका छन । परफेक्ट चकलेट उद्योगले व्यवस्थित ढंगबाट फोहर पानीको ढल निकास गर्न न सक्दा स्थानयिहरु मार्कामा परेका हुँन । गर्मीको समयमा बाटो छेवछाव हिँडनेहरु अति दुर्गन्धको कारण नाम खुमच्याएर हिँडन बाध्य छन । स्थानियहरुले यस अघिपनी वारम्वार यो विषयमा खवरदारी गर्दा समेत समस्या ज्यूँका त्यूँ रहेको छ । दुहवी ३ का वडाध्यक्ष माधव भण्डारीका अनुसार 
परफेक्ट चकलेट उद्योगलाइ व्यवस्थित ढंगबाट फोहर पानीको ढल निकास गर्न करिव २० लाख जती खर्च लाग्ने भएकोले लापरवाही गरेको हुँन सक्ने हुँदा पटक–पटक चकलेट उद्योग लाइ जानकारी गराउँदा समेत ध्यान न दिएकोले अव कारवाहीको दायरामा ल्याउनुको विकल्प न रहेको बताउँनु भयो । परफेक्टका साथै दुहवीका थुर्पै अन्य उद्योगहरुले समेत अव्यवस्थित 
ढंगबाट सञ्चालन हुँदा स्थानयिहरु मार्कामा परेका हुँन । बुढीखोला छेव बुढीगंगा गाउँपालिका मोरङमा रहेको दुहवी नगरपालिकाको आफ्नै जग्गामा दुहवी बजारको फोहर विर्सजन गर्दा बुढीगंगा गाउँपालिकाले फोहरबाट अति दुर्गन्ध भएको भन्दै दुहवी नगरपालिकालाइ परिपत्र समेत गरेको छ । दुहवी नगरपालिकालेपनि दुहवी बजार नजिकै बुढीखोला छेवमा रहेको सिमेन्ट उद्योग बाट उत्पन्न धुलो धुँवा र ध्वनी प्रदुषणको विषयमा आवाज उठाउँन जरुरी रहेको देखिन्छ । दुहवीमा सिमेन्ट उद्योग, छाला उद्योग, स्टिल उद्योग लगायत धेरैले दुहवीवासीहरुलाइ समस्या थपेको छ । धेरै उद्योगहरुका कारण उत्पन्न धुलो, धुँवाले दुहवीवासीहरुको स्वास्थ्यमा समस्या देखिएको र निकट भविश्यमा क्यान्सर जस्तो ठुलो रोगको समस्या देखापर्न सक्ने जानकारहरु बताउँछन । राज्यले अभीष्ट प्राप्त गर्ने सन्दर्भमा त्यसबाट पर्न सक्ने प्रभाव र कुप्रभावबारे सुरुमैं विचार न 
पुर्याउँदा झिझो आइलाग्छ । त्यसको एउटा ज्वलन्त उदाहरण दुहवी नगर पालिका करिडोरमा स्थापित उद्योगहरू बनेका छन्। राज्यले उद्योगीकरणको लहैलहैमा थुप्रै सुविधाहरू दिएर उद्योगलाई प्रोत्साहन त दियो तर उद्योगबाट निष्कासित फोहर र प्रदूषणको सफाइ गर्न उद्योगलाई विवश पार्न सकेन। त्यसैले उद्योगहरू जङगलबाट निस्केका उन्मत्त हात्ती सरह र्सार्वजनिक जीवनलाई अस्तव्यस्त पार्दासमेत कुनै अपराधबोध गर्दैनन्। राजमार्गछेउ स्थापित उद्योगहरूद्वारा निष्कासित फोहर, दुर्ग्िन्धत पानीले नदी–नालालगायतमा वातावरणीय समस्या उत्पन्न भएको छ। यद्यपि पर्याप्त स्वास्थ्य सचेतनाको अभावमा आज पनि मानिसहरू यसै पानीमा विषले मरेका नदीको माछा खाइरहेका छन्। वातावरणीय अनुकूलतालाई सबैको सामु ध्वस्त पार्दासमेत आजसम्म नागरिक समाजले एकाधचोटि विरोध जनाएको त छ तर कुन स्वार्थले हो कुन्नि, समस्याको जरासम्म पुग्नु अगावै सेलाउने गरेको छ। जुन समाजबाट उद्योगपतिहरूले नाम र दाम कमाउंछन् त्यसको भलोको लागि आफनो दायित्व बिर्सनु अमानवीय कृत्य हो। इटहरी देखि विराटनगरसम्म हिंड्दा नाक, मुख र आंखा उर्घार्न सकिंदैन। धूलो, धूवां, रासायनिक पानीको दुर्गन्ध र उद्योगबाट निष्कासित छाइंले गर्दा बाटो हिंड्न ज्यान जोखिममा पार्नुपर्छ। हावा चलेको बेला यो छाइं आंखामा परेर कैयौं दुर्घटना भएको छ, कतिको आंखा बिग्रेको छ। अप्रत्यक्षँ असर पार्ने रासायनिक अवशेष, धूलो, धूवांबारे त अबोध नागरिकले विरोध गर्नुपर्छ भन्ने जानेको पनि छैन। केही उद्योगपतिको सीमित स्वार्थका लागि समग्र जनताको स्वास्थ्य, मुलुकको कानुन र सामाजिक दायित्व ध्वंस हुने क्रियाकलाप गर्ने छुट दिनुहुंदैन। जनता अबोध छ, विरोध गर्दैन भनेर राज्य र उद्योगको दायित्व समाप्त हुंदैन। यसै लापरवाहीको परिणामस्वरूप यसै कुरालाई बोध गरेर दुहवीवासीले विरोध गरेका छन, जसमा सबैको समर्थन अपरिहार्य छ ।

प्रेम गिरिको फेसबुकबाट साभार गरीएको (तस्बिर सहीत )