इटहरी : इटहरीस्थित भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका विद्यार्थीहरूलाई सम्मानसहित भव्य बिदाइ गरेको छ।
कन्सल्टेन्सीमार्फत जापानका लागि आवेदन दिएका सबै विद्यार्थीहरूको १०० प्रतिशत भिसा स्वीकृत भएपछि उनीहरूको सफलताको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र कन्सल्टेन्सीको प्रभावकारी मार्गदर्शनको प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कन्सल्टेन्सीका डाइरेक्टर धनबहादुर पुरीले सबै विद्यार्थीको १०० प्रतिशत भिसा सफलता हासिल हुनु कन्सल्टेन्सीको प्रतिबद्धता र गुणस्तरीय सेवाको परिणाम भएको बताए। उनले भने,
“हामी विद्यार्थीको भविष्यप्रति जिम्मेवार छौं। सही मार्गदर्शन, पारदर्शिता र मेहनतले नै यो सफलता सम्भव भएको हो। आगामी दिनमा पनि यस्तै नतिजा दिने हाम्रो प्रयास निरन्तर रहनेछ।”बिदाइ कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गणेश दुलाल, सुमित थापा, शैलेश पुरी, केपी कोइराला, जनक बस्नेत, मेदन घिमिरे, कोविद कार्की, प्रकाश कार्की तथा सनलाइट बन लगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कन्सल्टेन्सीका अनुसार भविष्यमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै विदेश अध्ययनको यात्रामा सफल बनाउन निरन्तर सक्रिय रहने योजना रहेको छ। कन्सल्टेन्सीका सञ्चालक नूतन लुइँटेल र मदन बन रहेका छन्। लुइँटेल पेशाले इन्जिनियर हुन् भने बन लामो समय जापानमा बसेर फर्किएपछि इटहरीमै जापानी भाषा अध्यापन गर्दै आएका अनुभवी शिक्षकका रूपमा परिचित छन्।
छोटो समयमै भरोसा एजुकेशन कन्सल्टेन्सी इटहरीमा चर्चित शैक्षिक परामर्श केन्द्रका रूपमा स्थापित हुँदै गएको बताइएको छ।


































































