इटहरी : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा शनिवार साँझ इटहरीमा राँके जुलुस निकालिएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । राँके जुलुस सहित इटहरी मुख्यचोक परिक्रमा गरेका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको थियो ।
अध्यक्ष  ओलीलाई तत्काल रिहा गर्नुपर्ने र राजनीति प्रतिशोध राख्न नहुने माग गरेका छन् । शनिवार बिहान पक्राउ परेका ओलीको बचाउमा दिनभर काठमाडौँमा प्रदर्शन भयो ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा हस्तक्षेप गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । शुक्रवार गठन भएको शाह नेतृत्वको सरकारले मन्त्रीपरिषद् निर्णयबाट पक्राउ गर्ने बाटो खोलेको थियो ।