झापा : अर्जुनधारा ११ लक्ष्मिधापका सुखदेव सिटौला बाँसुरी र मुरली बनाउनमा तल्लिन छन यतिवेला । वनाउने कलामा पोख्त सुखदेब जोडि मुरली एकै पटक वजाउन मिल्ने गरि निर्माण गर्नु भएको छ । मुखले वजाउन संभवनै छन जोर मुरली तार उहाँले जोरमुरली एकै पटक नाक वाट पनि बजाउन सक्नु हुन्छ ।
ताप्लेजुङ्गको तत्कालीन फुलबारी गाउँ पञ्चायत वडा नं. ८ मा पिता बिष्णुलाल र माता कौसिला सिटौलाको कोखबाट २०१० साल मंसिर १ गते जन्मनु भएका सुखदेव सिटौला २०३६ सालमा तत्कालिन फुलबारी गाउँ पञ्चायतकै वडा नं. २ रमिते निबासी बुबा लक्ष्मि प्रसाद प्रसाई र माता मधुमाया प्रसाईकी कान्छि छोरी मेनुका देवी प्रसाइ सँग बैबाहिक बन्धनमा वाँधिनु भएका सिटौलाका ४ जना छोरा/छोरी छन् । एक छोरा र तिन छोरी मध्ये दुई छोरीको विबाह भइसकेकोछ, एक छोरीको विबाह हुन बाँकि छ भने छोरा बैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।
महेन्द्र राजमार्गबाट ६ किलोमिटर उत्तर शाखा बाटोबाट पनि झट्ट नदेखिने त्यो ठाउँ देख्दा कसैले पनि पत्याउन गाह्रो हुने तर सुखदेब सिटौलाको निवासमा पुग्दा काठको टाँडे घर माटोले चिटिक्क लिपेको भुई, वरिपरी नरिवल र सुपारीका बोट अनि हरियाली, विभिन्न चरा चुरुङ्गिका चिरबिर चिरबिर आवाज, बाँसुरी वनाउन घरभरी राखिएका विभिन्न जातका वाँसका टुक्राहरु हेर्दै हेरिरहुँ जस्तो देखिने त्यो दृश्यले गर्दा स्वर्गिय आनन्द प्राप्त जो कोहिले गर्न सक्छ । सामान्य परिवारमा हुर्किनु भएका सिटौलाको हालको परिवार पनि सामान्यनै छ ।
सानो छँदा निक्कै चञ्चले स्वभाव, एकै ठाउँमा बिना काम चुपलागेर नवस्ने बानि भएका सिटौला, बाल्यकाल देखिनै मुरली र बाँसुरीका सौखिन हुन् । बस्तु हेर्न जाँदा हातमा कर्द बोकेर जाने र बाँसको हाँगा काटेर मुरली वनाउन सिक्नु भएका सिटौलाले कलाकालागि कसैलाइ पनि गुरु नथापेको बताउनु हुन्छ । सुरु सुरुमा धेरै बाँस नास हुने गरेको भए पनि पातलो र लामो आँखा भएको बाँस विग्रीदा चाँहि बढिनै मन खिन्न हुने गरेको बताउनु हुन्छ । हाल सम्ममा बनाएका गुणस्तरीय मुरली तथा बाँसुरी झापा सहरेडाँगि धाइजनका मातृका प्रसाद संगौलाको जिम्मा लगाइसक्नु भएका सुखदेब सिटौलाले बाँसुरी र मुरली एकै ठाउँमा बजाउन मिल्ने बाँसुरीमुरलीको पनि बिकास गर्नु भएको छ । जसका लागि मुखले हावा दिने भाग मात्र परिवर्तन गरेर बजाउन सकिन्छ ।
धाइजनका मातृका प्रसाद संग्रौला पनि एक पुराना कलाकर्मी हुनुहुन्छ । नेपाल बिद्युत प्राधिकरणमा कार्यरत संग्रौलाले यस अघिनै नाकबाट मुरली बजाएर चर्चा आइसक्नु भएको छ । विभिन्न धार्मिक भजन तथा साहित्य विधाका पुस्तकहरु समेत प्रकाशन गरिसक्नु भएका संग्रौला पुराना लोक बाजाहरु मुर्चुङ्गा, बिनायो, मुरली, बाँसुरी लगायत लोप हुन लागेका बाजाहरु बजाउनमा त्यतिकै माहिर हुनुहुन्छ ।
सुखदेब सिटौला र मातृका प्रसाद संग्रौला यतिवेला लोक बाजाहरुको संरक्षणका लागि सहकार्यमा जुट्नु भएको छ । संग्रौलाले आफ्नै घरमा ति पुराना बाजाहरुको संकलन र संबर्धन गरिरहनु भएको छ भने, सिटौला विभिन्न नविन प्रविधिद्वारा बजाउन मिल्ने गरी बाँसुरी तथा मुरली बनाउनमा तल्लिन देखिनु भएको छ ।
हाम्रो देश नेपालका विभिन्न पुराना लोक बाजाहरु कस्ता थिए भन्ने बारे भावि पुस्ताहरुले आँकलन पनि गर्न नसक्ने अवस्था आउनै लागेकोमा चिन्तित संग्रौला र सिटौलाको पुराना लोक बाजाहरुको संरक्षण गर्ने कार्य एउटा उदाहरणिय कदमको रुपमा लिन सकिन्छ ।