दुस्मनले पनि मरे पछि भन्छ रे-"कति नरमाइलो भयो सारै राम्रो मान्छे थियो "
भन्छन् जीवन फुल हो रे
कोपिला भएर फुली
ओइलिएर झरुन्जेल सम्म
भन्छन् जीवन काडैँकाडाँको, बाटो हो रे
जसले काँडामा हिँड्न सक्यो
उ एक सफल प्राणीमा गनियो ।
जन्मँदा बालक भएर जन्मे
मर्दा एउटा लास ।।
जीवनको अस्तित्व केही रहेन
जब मरेर खरानी भए ।
तब सबैले माया गर्ने आधार पाए
मेरो अस्तित्व मैले खरानीमा भेटाए ।।
भन्छन् जीवन जिउन एउटा
आधार चाहिन्छ।
त्यो आधार मानव स्वरूप ,लिएर पाएँ ।
सानैदेखि ठुलो र बुढो
हुन्जेल सम्म वास्ता नगर्ने
मरेपछि अनुहार हेर्ने
तँछाडमछाड गर्दै आए
मेरो अस्तित्व मैले मरेर
खरानी भएपछि पाएँ ।
त्यहीँ मेरो अस्तित्व
भेटाए ।।