वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा क्रियाशील चक्रघट्टी जेसीजले जेसीज सप्ताह - २०२६ सुरु गरेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ३ हर्दियामा रहेको बिपी आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै चक्रघट्टी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो । सप्ताह कार्यक्रम अन्तर्गत स्वागत गेट निर्माण , भित्ते पात्रो सार्वजनिक,सचेतना मुलक कार्यक्रम, मैत्रीपूर्ण फुटबल लगायतका कार्यक्रम आयोजना गरिने चक्रघट्टी जेसीजका महासचिव शिशिर तामाङ ( अर्जुन) ले बताए ।
चक्रघट्टी जेसीजका अध्यक्ष जेसी शरण कुमार लिम्बूको सभाध्यक्षतामा आयोजना भएको जेसीज सप्ताह अन्तर्गतको पहिलो शैक्षिक सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अध्यक्ष राजदिप लामा रहेका थिए ।
जेसीज सप्ताह अन्तर्गतको शुभारम्भ कार्यक्रममा बिपी आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कपि , कलम , पेन्सिल लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक चक्रघट्टी जेसीजका उपाध्यक्ष अमित साहले बताए ।
कार्यक्रममा चक्रघट्टी जेसीज वर्ष २०२३ का अध्यक्ष तेज बहादुर पुरी लगायत बोर्डका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशिलाल धामी, शिक्षक, शिक्षिकाहरू, कर्मचारी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।