झापा : नेपाल विद्यार्थी सङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीले मेचीनगरको उपप्रमुख मिना उप्रेती सवार गाडिलाई नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले रोकेको स्वीकार गरेका छन् ।

उनले उपप्रमुख मिना उप्रेती सवार गाडिलाई नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले रोकेको भए पनि आगजनी गर्न खोजिएको कुरा झुटो भएको बताए ।

नेविसंघका सभापति उप्रेतीले आज देशभर सरकारी गाडी चलाउन रोक लगाएको बताएका छन् ।

हाम्रो कार्यक्रमलाई उहाँले उल्लङ्घन गर्नुभएकाले रोकेका मात्र हौँ, अन्यथा केही होइन । 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको गरिएको दुर्व्यवहार विरुद्ध नेविसंघले देशव्यापी विरोध जनाएको थियो ।

सोही कार्यक्रम अन्तर्गत सरकारी गाडी चलाउन रोक लगाएको उप्रेतीको भनाई छ ।