पथरी : वर्षेनी आउने तेली खोलाको बाढी र स्थानीय डाँडाबाट खस्ने पहिरोका कारण जाँतेमा खानेपानी अभाव भएको छ ।

असार र साउन महिनामा खानेपानीको अभाव झेल्दै आएका छन् । मोरङ्गको उत्तरी क्षेत्रको पुरानो खानेपानी आयोजना पटक पटक तेली खोलाको वाढीले प्रभावित हुदै आएको छ । यस वर्ष पनि वर्षासँगै आएको पहिरोले खानेपानीको पाइप बगाउदा मोरङ्ग लेटाङ्गस्थित जाँतेमा खानेपानीको अभाव भएको छ । लेटाङ्ग ८ र ९ का जनतालाई पानी आपुर्ती गर्दै आएको जाँते खानेपानी आयोजनाका पाइप बगाएपछि सो क्षेत्रमा ३ दिन यता देखी पानीको अभाव भएको हो । स्थानियवासीका अनुसार खानेपानी अभाव भएपछि नजिकैको खोलाबाट पानी ल्याएर खानुपर्ने वाध्यता आएको छ ।

कुल १५९५ घरधुरीमा सो आयोजनावाट पानी आपुर्ती हुदै आएको थियो । स्थानिय तेली खोलाको नजिकै मुहान वनाएर ट्याङ्की बनाएर पानी सप्लाइ गरिदै आएको थियो । साउन ६ गते राती आएको पहिरोले खानेपानीको पाइप बगाएपछि समस्या आएको हो । खानेपानीका १ हजार ९ सय ५० मिटर पाइप पहिरोले पुरेको तथा खोलाले वगाएको जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका व्यावस्थापक प्रेम वहादुर राईले जानकारी दिए ।

letang-pahiro

सो पाइप पहिरोले पुर्दा र खोलाले वगाउदा २१ लाख भन्दा वढिको क्षति भएको राईको भनाइ छ । असार २७ गते तेलि खोलाामा आएको वाढीले १६० एम एमका पाइप बगाएको थियो । सो पाइप बगाएपनि अन्य पाइपबाट खानेपानीको आपुर्ती गरिदै आएको समितीका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिए । ५ वटा पाइपबाट पानी आपुर्ती गरिदै आएकोमा हाल सवै पाइप पहिरोले पुरेपछि खानेपानी अवरुद्ध भएको हो । ६ गतेको पहिरो र वाढीले ४५ वटा स्पर, ५ वटा पिल्लर, जाली लगाएत बगाएको छ ।

जाँते वजारमा रहेको खानेपानीको ५ वटा रिर्जभ ट्याङ्कीबाट पानी स्थानियवासीका धारामा पठाइने गरेपनि सो रिर्जभ ट्याङ्कीमा समेत पानी सञ्चित रहेको छैन् । दैनिक ६ लाख लिटर पानी जातेवासीले उपभोग गर्दै आएका छन् । साउन ६ बाट पानी आपुर्ती वन्द भएपछि खोलाको पानी खान वाध्य रहेका स्थानियवासीले पानीबाट सर्ने रोग लाग्ने भय भएको वताएका छन् ।

river

खानेपानीको क्षतीवारे खानेपानी डिभिजन कार्यालय विराटनगरमा जानकारी गराइएको र केहि दिनमा पानी सुचारुका लागी पहल थालिने अध्यक्ष विकले जानकारी दिए । ‘पहिरो आउन रोकिए साना पाइपबाट पानी संचालनका लागि कार्य थाल्नेछौ’ विकले भने । प्रदेश सांसद उपेन्द्र घिमीरे भने जातेको खानेपानीका लागि उपयुक्त विकल्प खोज्नु पर्ने वताउछन् । घिमीरेले भन‘े भूमिगत जल श्रोतनै जाँते क्षेत्रको खानेपानीको विकल्प हुन्छ तर महँगो प्रविधीले यो कार्य सुचारु भएको छैन्’ । २०३९ सालमा युनिसेफको सहयोगमा सुरु गरिएको यो खानेपानीलाई २०५२ सालमा एसियाली विकास वैकले सहयोग गरेको थियो । हाल भने नेपाल सरकारले लगानी गरेपछि क्रमिक रुपमा रिर्जभ ट्याङ्की वनाएर स्थानियवासीमा खानेपानी वितरण गरिदै आएको छ ।