धरान: स्वतन्त्र प्रत्याशी बनेर धरान उपमहानगरपालिकाको नगर प्रमुख निर्वाचित हर्क साम्पाङ आज मङ्गलवार देखी सार्वजनिक रूपमा घोषित राजनीतिक दलका अध्यक्षको रूपमा चिनिएका छन् ।
केन्द्रीय समितिको नाम सार्वजनिक नभएको श्रम संस्कृति पार्टीको धरान नगर समिति गठन भएको घोषणा गर्न आयोजित कार्यक्रममा प्रमुख साम्पाङलाई केन्द्रीय अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रम सञ्चालक समीर तामाङले उनलाई ‘श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नगर प्रमुख’ सम्बोधन गरी सभाध्यक्ष तथा प्रमुख अतिथिको आसन गराएका हुन ।
यसअघि सामाजिक सञ्जालमा प्रमुख साम्पाङले पार्टी खोल्ने कुरा र पार्टीका नाम भाइरल भएको थियो ।
युट्युबमा उनले पार्टी खोल्ने, चुनाव चिन्ह माटो राख्ने तर झण्डा नबनाउने कुरा बोलेको भिडिओ आएको थियो । लगत्तै उनले मैले पार्टी खोलेकै छैन, सामाजिक सञ्जालमा धेरै हल्ला भो भन्ने आशय पनि व्यक्त गरेका थिए ।
राजनीतिक दलहरूसँग करिब पानी बाराबार गर्दै आएका प्रमुख साम्पाङले पार्टीका समर्थक, कार्यकर्तालाई झोले भन्दै आएका थिए ।
अब उनी आफै पार्टीका नेता, अध्यक्ष बनेपछि अन्य पार्टीसँग गरिने व्यवहार परिवर्तन गर्ने हुन होइनन् चासोको विषय बनेको छ ।
धरान–११ स्थित याक्खा छुम्मा भवनमा भएको पार्टीको नगर समिति गठन कार्यक्रममा अध्यक्ष दिनेश राई चयन भएका छन् ।
उनको अध्यक्षतामा १३३ सदस्यीय नगर समिति गठन भएको हो । नगर समितिमा ४ उपाध्यक्षहरू लीलाबहादुर बुढाथोकी, विष्णुकुमारी याखा, मुनहाङ तामाङ, राम कुमार लिम्बु छन् ।सचिव प्रेम श्रेष्ठ, सह सचिबद्धय मुना राई र पर्वता संग्रौला छन् । कोषाध्यक्ष आशा लिम्बु रहेकी छन् । सदस्यहरू कृष्ण राई,सुनिता गुरुङ,पन्चमाया राई,निरमाया राई,रसिक थेबे,चन्द्रकला राई,सुवास बर्देवा,अमर श्रेष्ठ,राम कुमारी राई,प्रेम रायमाझी,कृष्ण कुमार राई,कालु मान राई,मिनेश राई,बुद्धिमान राई,राजकुमार श्रेष्ठ,सूर्य राई,ललित जङ्ग खिम्दुङ,मणिराज राई,इन्द्र राई,चिन्तन राई,सङ्गीता राई,निर्मला लिम्बू,विमला लिम्बू,कर्ण तामाङ,दुर्गा देवी राई,प्रेम तामाङ,तिलक बहादुर राई,सफला राई,गोविन्द श्रेष्ठ,सन्तोष लिम्बू,मेघराज तामाङ,बल बहादुर तामाङ,खगेन्द्र लिम्बू,कल्पना राई,दुर्गा राई,युवराज श्रेष्ठ,सपना राई,बबिता राई,मनिष लिम्बू,पवन राई,किसन श्रेष्ठ,उमेश राई,ससिता राई,सुमन राई,दीपक दुखुन राई,मोनालिसा राई,अम्बिका राई,सन्तोषी राई,दुर्गा राई,उषा राई,तारा राई,गायत्री लिम्बू,अरुणा लिम्बू,शान्ति बुताङ लिम्बु,बेगम राई,मिना राई,विमला लिम्बू,दिलु राई,अश्विनी राई,सरला राई,मनिष राई,अमृत लिम्बू ,भीम राई,मनीषा राई,सन्जु शेर्पा,राष्ट्र राई,अनु राई,सुमन राई,धन कुमार राई,पूर्ण बहादुर कटुवाल,मिसुक लिम्बू,ममता राई,पुष्पा केरुङ,सोनु राई,राजेश छिरिङ राई,गोविन्द श्रेष्ठ,रेखा राई,ललिता राई,पदमकला राई,सञ्जीव सोम्बाहाङ्फे,पवन राई,पदम बहादुर श्रेष्ठ,बलिधन राई,सेतुलाल तामाङ,यलगम लिम्बू,रिता राई,माया तामाङ,सम्झना राई,माया मगर,तिलोचन राई,सरिना लिम्बू,मिलन राई,सजिना भुजेल ,मीन बहादुर राई,रेणुका राई,सुनिल राई,रविन राई रहेका छन् ।
सवा सय भन्दा बढी सङ्ख्याको नगर समिति बनेको पार्टीको केन्द्रीय समिति कति सदस्यीय बन्ला वा बनेको छ भन्ने चासो सबैमा बढेको छ ।
श्रम संस्कृति पार्टीको जिल्ला, प्रदेश सहित सङ्गठनात्मक संरचना कस्तो छ भन्ने कुरा अहिले सम्म सार्वजनिक भएको छैन ।