धरान उपमहानगरपालिकामा यही मंसिर १४ गते रिक्त मेयर पदको उपनिर्वाचन हुदैछ । मेयर पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् । तिनै उम्मेदवारमध्ये स्वतन्त्र उम्मेदवारकोरुपमा डा. अमृतकुमार राईले पनि उम्मेद्वारी दिएका छन् । उनको चुनाव चिह्न हो, केटा र केटी ।
उम्मेदवार डा. अमृतकुमार राई विकास क्षेत्रमा चालिस वर्षदेखि संलग्न हुनुहुन्छ । ३० वर्ष जति नेपालको शहरी ग्रामीण क्षेत्रमा कार्यरत डा. राई निजी क्षेत्र र सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले शहरी विकास, सार्वजनिक व्यवस्थापन, जनप्रशासन र विकास प्रशासन विषयहरुमा बेलायतबाट पोष्टग्रयाजुएट (Postgraduate), एमएस्सी (M.Sc) र विद्याविराधी (PhD) समेत हासिल गरेका छन् ।

सरकारी निकायहरु, विशेष गरी स्थानीय सरकारहरुले कसरी सार्वजनिक सेवाहरु प्रदान गर्दछन्, र सार्वजनिक नितीहरु कसरी विकास र जनमुखी बनाउन सकिन्छ भने विषयमा उनको गहन रुचि छ । उनले १० वर्ष भन्दा बढि अन्तर्राष्ट्रिय क्षेत्रमा, विभिन्न विकासशील र विकसित देशहरुमा सल्लाहकार, विशेषज्ञ र परामर्शकको रुपमा काम गर्नु भएको छ ।

यसरी नै उनले नेपाल सरकार, IFC - World Bank, Asian Development Bank, US, Germany, Finland, Denmark, Switzerland, Britain, Japan, Norway र Canada  का सरकारहरुद्वारा प्रायोजित परियोजनाहरुमा काम गरी विकास सम्बन्धि दक्षता हासिल गरेका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार डा.राईसंग गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छः

प्रश्न: तपाई चालिस वर्षदेखि विकास क्ष्ँेत्रमा संलग्न भएको व्यक्ति, मेयर पदमा उम्मेदवारी किन दिनुभयो ?

उत्तर: धरानको विकास अनि नगरमा भएको बेथिति अन्त्य गर्नका लागि मेरो उम्मेदवारी हो ।

प्रश्न: तपाईले ल्याउनु भएको विकासको मोडल के छ ?

उत्तर: धरानको विशेषता र मौलिकतालाई हेरी धरानलाई बौद्धिकतामा आधारित सेवा केन्द्र (Knowldege Based Service Centre) को रुपमा विकास गर्नुपर्दछ ।

प्रश्न: धरानलाई व्यवस्थित र बसोबास योग्य शहर बनाउन के–के गर्नुपर्छ ?

उत्तर: विकास -भूमि (ल्याण्ड) संग जोडिएको हुन्छ । चाहे त्यो उद्योग स्थापना, बजार व्यवस्थापन वा शहरी सेवाहरु जस्तै बिजुली, सडक, पानी आदि हुन् । यी बाहेक बसोबास र सुकुम्बासी व्यवस्थापन पनि हुन् । र यी सबै सेवा सुविधाको लागि भूमि व्यवस्थापन पहिलो मूख्य शर्तको रुपमा आउ“छ । नगरपालिकाले यो कार्य नै पहिला गर्नुपर्छ ।

प्रश्न: बसपार्क र एयरपोर्ट धरानमा आवश्यक छ की छैन ? छ भने एयरपोर्ट ल्याउन के गर्नुपर्छ ?

उत्तर: पहिला बसपार्कको स्पष्ट व्याख्या हुन जरुरी छ । बसपार्क नगरपालिकाले बनाउने हैन । बृहत् नगरको यातायात सवारी व्यवस्थापनको लागि बस स्टेशन हाल भैरेहेको भानुचौक स्थित बस स्टेशनलाई व्यवस्थित गर्नु राम्रो हुन्छ । उदाहरणको लागि एक करोड जनसंख्या भएको लण्डन शहरको बस स्टेशन, धरानको भानुचौकमा भएको जग्गा भन्दा पनि सानो छ । तर उनीहरुले राम्ररी व्यवस्थापन गरेका छन् ।

एयरपोर्टको सन्दर्भमा यदि वी. पी. प्रतिष्ठानलाई दक्षिण एशियाको मेडिकल हबको रुपमा विकास गर्नु पर्छ भने एयरपोर्ट आउनु पनि पर्छ । क्वीक मेडिकल रेस्पोन्सको लागि एयर एम्बुलेन्सहरु सञ्चालन गर्नु पर्छ । यसबाट स्थानीय वासीहरुलाई राहत पुग्छ । यसबाट आर्थिक क्रियाकलापमा पनि वृद्धि हुन्छ । अहिले पनि बिराटनगर एयरपोर्टबाट ३३ प्रतिशत धरान वा धरानबाट उत्तरीभेगबाट जाने जनताहरु कठमाण्डौं जाने गरेका छन् । तर एयरपोर्ट बीच घोपामा हैन, वी. पी. प्रतिष्ठानको दक्षिणपट्टि बन्नु पर्छ ।

amrit1

प्रश्न: तपाईले आफ्नो आव्हान पत्रमा धरानको पुरानो गौरवलाई पुनस्र्थापित गरौंंं, भन्नु भएको छ ? कसरी धरानको पुरानो गौरव पुनस्र्थापित गर्न सकिन्छ ?

उत्तर: २० र ३० को दशकमा धरान शहर – काठमाण्डौं, ललितपुर, बिराटनगर पछि चौथो वा पा“चौ शहरभित्र पर्दथ्यो । यो शायद आजभोलि इटहरी, नेपालगञ्ज भन्दा पनि तल पर्दछ । त्यस बखत धरान विचार, संस्कृति, नया“ खोज, साहित्य, संगीत, कला, खेलकुद, फेसन आदिमा काठमाण्डौं भन्दा पनि अगाडि थियो । धरानेहरुको पहिचान नै फरक थियो । तर अब त्यस्तो रहेन । विशेषगरीकन धरानेहरु विचार प्रस्फुटन गर्न र सम्प्रेषण गर्नमा धेरै माहिर थिए । यो खुबिलाई नया“ ढङ्गबाट धरानको चौतर्फी विकासमा सदुपयोग गर्नैपर्ने हुन्छ । यसकारण धरानलाई सप्mट पावर इनोभेटिभ केन्द्रको रुपमा विकास गर्न जरुरी छ । यो निजी क्षेत्रको सहयोगबाट पनि गर्न सकिन्छ । यसका लागि त्यस्तो ठूलो आर्थिक भार पनि पर्दैन ।

प्रश्न: विकासको काम गर्ने ढा“चामा कसरी परिवर्तन गर्न सकिन्छ ?

उत्तर: वर्तमान ठेक्का पट्टा र उपभोक्ता समिति मार्फत गरिने कामहरुलाई जनताको प्रत्यक्ष सहभागितामा आन्तरिक सुदृणीकरणबाट गर्नुपर्ने हुन्छ । साथै सार्वजनिक सेवा प्रदान प्रणालिमा पारदर्शिता र जवाफदेहिता हुन जरुरी छ ।

नगरपालिकाको काम गर्ने शैलिलाई बदलौं भन्ने तपाईको आव्हान अनुसार कुन–कुन शैलि बदल्नु पर्छ ?
राजनैतिक नेतृत्व वर्ग र नगरपालिकाको कार्यशैलिमा परिवर्तन गर्नु आवश्यक छ । नेतृत्व तहमा उत्तरदायित्वको भावना स्थापित गर्नुपर्छ भने नगरपालिकाका कर्मचारीहरुको सेवाग्राहीप्रतिको व्यवहारमा परिवर्तन आउनुपर्छ ।

प्रश्न: समृद्ध धरान बनाउन के गर्नुपर्छ ?

उत्तर: मैले अघि पनि भने नि, बौद्धिक वर्ग उत्पादन केन्द्र अर्थात नलेज बेस्ड इन्डष्ट्रिको रुपमा धरानलाई विकास गर्नुपर्छ ।

प्रश्न: तपाईले चुनाव जित्ने आधारहरु के-के हुन ?

उत्तर: मेरो राजनैतिक पृष्ठभूमि त खासै छैन र तर करिब ४० वर्षदेखिका स्थानीय र केन्द्रीय सरकारसंग गरेका कार्यानुभव नै मेरो जितको विश्वास हो । र म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट विकास निर्माणमा सहयोग भित्र्याउन सक्छु । नया त हैन, धरानका पुराना धेरै साथीहरु हुनुहुन्छ जसले मेरो होस्टेलाई हैंसे गर्नुहुन्छ ।

प्रश्न: अन्तमा, धराने जनतालाई के भन्न चाहनुहुन्छ ?

उत्तर: आदरणीय धरानवासी मतदाता दाजुभाइ, दिदीबहिनी अनि मेरा आदरणीय बुवा आमाहरु, यस निर्वाचनमा हजुरको अमूल्य मत दिई मलाई विश्वास गर्नुहोस्, म नेपालकै उत्कृष्ट शहरको रुपमा स्थापित गर्नेछु ।