प्रकाशपुर : “चराको राजधानी” र “चराको स्वर्ग” जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा यस पटक समयमै विदेशी पाहुना चराहरू देखिन थालेका हुन् । चराको समयमै जाडो सुरु हुदै गएकाले यस पटक कोशी टप्पुमा पाहुना चरा समयमै देखिएका हुन् ।
आगन्तुक चराहरु संगै कोशीटप्पुमा बिदेशी पर्यटकको संख्यापनि बाक्लिदै गएको छ । चरा हेर्नकैलागि आरक्षमा ३०-३५ वटा विदेशी टोली आइसकेका छन् भने होटल बुकिङ गर्नेको सङ्ख्या पनि बढ्दै छ । कोशी टप्पुको मुख्य आकर्षणमध्येको एक आकर्षण भनेको 'चरा' हो । आरक्षमा ५ सय २८ प्रजातिका चरा पाइन्छ । चरामात्र होइन विश्वमै दुर्लभ बबुलिस जातको अर्नासमेत हेर्न आरक्षमा पर्यटकहरू आउने गर्दछन् । चरासँगै अर्ना, हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटकहरू कोशी टप्पु आउने गरेका छन् ।
'चरा संगै पर्यटकहरूको पनि आउदै छन,’ स्थनिय नेचर गाइड चक्र तिम्सिना भन्छन्, 'मैले नै जाडो लागे यता ६० जनालाई घुमाइसकें भने अरु साथीहरूले पनि घुमाउनु हुँदैछ । 'चराको राजधानी’ र ‘चराको स्वर्ग’ जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा यस पटक समयमै विदेशी पाहुना चराहरू देखिन थालेका हुन् । अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि लामो दूरी पार गरी चराहरू कोशी टप्पुसम्म आइपुग्छन् ।
कोशीटप्पुमा गणना थालिएको ३० वर्षमा चराको संख्या भने बर्षेनी घटिरहेको छ । कोशीमा आउने जलचरामध्ये अधिकांश अन्न मात्रै खान आउने चराहरु नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै चरा आउँछन् । तर पछिल्लो समय खेतीयोग्य जमीनको प्लटिङ्गले पनि चराको आहारा कम हुन थालेकाले संख्याको आधारमा कोशीटप्पुमा चराको संख्या कम हुदै गएको छ ।
सगरमाथा भन्दा माथिको उचाइबाट आउछन चरा
प्राय :कोशिटप्पुमा लामो दुरी तय गरेर आउने चराहरु हांस प्रजातीका हुन । हाल कोशी टप्पुमा ठुलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज) लगायतका चरा देखिन्छन । उपयुक्त मौसमी पर्यावरणको कारण कोशीमा चराहरू जाडो छल्न मात्र होइन सगरमाथा भन्दा माथिको उचाइबाट उड्दै बच्चा कोरल्न समेत कोशीटप्पु आउने गर्छन् ।
बारहेडेड गुज जसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ यो चरा सगरमाथा भन्दा माथिबाट उडेर आउछ । यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननकालागि पंक्षीहरू यस वर्ष उत्तरी गोलार्घबाट दक्षिणी गोलार्घमा बसाइँ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दुरी पार गर्दै साइबेरियादेखि कसी टप्पु सम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइँ सरी आउँछन् ।