इटहरी : जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन सम्बन्धमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ र ६ का वडाध्यक्षले ध्यानाकर्षण भएको जनाएका छन् । दुवै वडामा अवस्थित जनता माविको व्यवस्थापन समिति गठन प्रक्रिया गलत भएको ठहर गर्दै त्यसलाई सच्याउन उनीहरूको माग गरेका हुन् ।

अभिभावक स्तरबाट माग भए बमोजिम अगाडी बढ्नुपर्ने बताउँदै पछिल्लो घटनाले उपमहानगरको गरिमा र विश्वासमा आघात पुगेको बताएका छन् । सोमबार वक्तव्य जारी गर्दै दुवै वडाका अध्यक्षले भने, ‘व्यवस्थापन समिति गठनको प्रक्रिया स्थगित गरेर सम्बन्धित वडा कार्यालय र अभिभावकहरू सँगको समन्वय बिना व्यवस्थापन समिति तोकिएपछि उत्पन्न परिस्थितिले इटहरी उपमहानगरपालिकाको गरिमा र विश्वासमाथि आघात पुगेको छ ।’

उपमहानगरपालिका विद्यार्थीको मात्र होइन स्वयम् विद्यालय, शिक्षक र सरोकारवालाको समेत अभिभावक भएको बताउँदै अभिभावकले नै आफ्नै सन्ततिको भविष्य प्रति विभेदको व्यवहार गरेको आशय व्यक्त गरेका छन् । उपमहानगरपालिकाका मेयर तथा शिक्षा समिति संयोजक हेमकर्ण पौडेलले विभेदको जग हाल्ने काम गरेको बताइएको छ ।

यस्ता गतिविधिले सामाजिक न्याय र लोकतान्त्रिक प्रक्रियालाई गलत दिशातर्फ निर्देशित गर्ने भय सृजना भएको वक्तव्यमा उल्लेख छ । अभिभावकले अपनत्व महसुस गर्न नसक्ने नेतृत्व चयन गरेर एउटै व्यक्तिलाई बारम्बार अध्यक्ष बनाइएको प्रति आशङ्का व्यक्त गरेका छन् । विद्यालयको भविष्यलाई मध्यनगरगर्दै अभिभावक तथा सरोकारवाला निकायहरूबाट उठेको आवाजलाई दबाउने भन्दा सम्बोधन गर्ने दिशातर्फ अग्रसर हुन उनीहरूको आग्रह छ ।

wada PR