धरान : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)द्वारा धरान उपमहानगरपालिकालाई नगर अस्पताल निर्माण गर्न धरान अस्पतालको जमिन उपभोग गर्न दिएकोले अब नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइने कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बताएका छन् ।
उनले भने ‘प्रधानमन्त्रीको प्रत्यक्ष चासोका कारण अस्पताल निर्माणको लागि जग्गा उपलब्ध भएको र बजेट पनि विनियोजित रहेकोले अस्पताल स्थापना कार्य तत्काल सुरु गरिने छ ।’
उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नगर अस्पतालको लागि २ करोड रुपैयाँ विनियनेजीत छ । आगामी बजेटमा थप २ करोड रकम विनियोजन गरिने उनले बताए ।
प्रधानमन्त्री बालेन समक्ष गत: चैत २३ गते कार्यवाहक प्रमुख बेघाले लिखित रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको जग्गा धरान नगर अस्पताल स्थापना गर्न उपलब्ध गराई दिन निवेदन प्रेषित गरेका थिए ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को स्वामित्वमा रहेको जग्गा नगर अस्पताल निर्माणका लागि उपयोग गर्न दिने निर्णय गरेको छ ।
उक्त खबर सार्वजनिक हुने बित्तिकै कार्यवाहक प्रमुख बेघाले हिजो शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री बालेनलाई धन्यवाद दिएका छन् ।
स्ट्याटसमा उनले लेखेको छन् स्ट्याटसमा उनले लेखेको छन् स्ट्याटसमा उनले लेखेको छन् धन्यवाद सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह ज्युलाई । वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले छाता चोक स्थित कित्ता नम्बर २४ को १–४–१३–१ बिघा (८३५१।७० वर्ग मिटर) जग्गा उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरिदिनु भएकोमा ।’
कार्यवाहक प्रमुख बेघाले पटक–पटकको पहलपछि जग्गा प्राप्तिको आधिकारिक जानकारी आएको उल्लेख गर्दै भने ‘जग्गा प्राप्तिका लागि पत्राचारपछि निरन्तर फलोअप गरियो, निर्णयका लागि प्रधानमन्त्री बालेन्द्र शाह, भूमि व्यवस्था मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा स्वास्थ्य मन्त्री निशा मेहताप्रति आभारी छौँ ।’
सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने राष्ट्रिय प्रतिबद्धता अनुसार धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्त्वपूर्ण निर्णय गरेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पेश गरिएको प्रस्तावलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको हो ।
निर्णयसँगै धरान–१ छाताचोकस्थित कित्ता नम्बर २४ को १–४–१३–१ बिघा जग्गामा सुविधा सम्पन्न आधारभूत अस्पताल निर्माण हुने बाटो खुलेको छ। सरकारको “हरेक स्थानीय तहमा एक आधारभूत अस्पताल” स्थापना गर्ने नीतिअनुसार यो कदम महत्त्वपूर्ण मानिएको छ।
धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नहुँदा स्थानीयवासीले विभिन्न समस्या झेल्दै आएका थिए। सङ्घीय सरकारले स्थानीय आवश्यकता र जनभावनालाई सम्बोधन गर्दै निर्णय गरेको दाबी गरिएको छ ।
यस प्रक्रियामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत सकारात्मक राय सहमति रहेको कावा प्रमुख बेघाले बताए ।
उनका अनुसार विगतमा जग्गा प्राप्तिको विषयलाई लिएर विभिन्न राजनीतिक तह तथा सामाजिक सञ्जालमा विरोध भए पनि सरकारले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै निकास पाएको हो ।
कावा प्रमुख बेघाले भने कावा प्रमुख बेघाले भने कावा प्रमुख बेघाले भने लामो समय देखिको जग्गा सम्बन्धी अन्योल अन्त्य गर्दै चालिएको यो कदमले धरानवासीमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति नयाँ आशा जगाएको छ ।’