धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१३ बाट मङ्गलवार राती को १ च ७३५९ नम्बरको एम्बुलेन्समा ४४० केजी गाँजा पक्राउ गरेको छ ।
उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रालि धरानद्वारा सञ्चालित रहेको खुल्न आएको प्रहरीले जनाएको छ । 
एम्बुलेन्समा गाँजा बरामद भएसँगै फरार चालक तथा संलग्न व्यक्तिहरूको खोजी कार्य भईरहेको इलाका प्रहरीले जनाएको छ ।