विराटनगर : झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-८ स्थितबाट ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर नगरपालिका-१० निवासी पवन खड्का र भद्रपुर नगरपालिका-८ निवासी रुमिलुङ राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम तथा कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
यस्तै, मोरङको प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-६ की सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































































