धरान : नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखा नेपालकै उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।
काठमाण्डौमा सम्पन्न सघको ४३औँ केन्द्रीय सभामा सुनसरी शाखालाई नेपालभरिका शाखामध्ये उत्कृष्ट शाखाका रूपमा प्रशंसा–पत्रसहित सम्मान गरिएको हो ।
सबैभन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको आधारमा उत्कृष्ट शाखाको सम्मान पत्र सभामा केन्द्रीय अध्यक्ष डा. राजेन्द्र बहादुर श्रेष्ठले शाखा सभापति निर्मला अधिकारीलाई प्रदान गरेका छ। 
प्रशंसा–पत्रमा परिवार स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख छ । कोभिड–१९ को कठिन समयमा समेत निरन्तर सेवा प्रवाह गरेकोमा शाखा कार्यालयका स्वास्थ्यकर्मी कर्मचारीहरूको उच्च प्रशंसा गरिएको छ ।