धरान : सामान्यतया नेपालका बिरामीहरु डाक्टरसँग कुरा गर्न मुस्किलले समय पाउँछन् । बिरामीको चाप अनि डाक्टरको व्यस्तताका कारण पनि डाक्टर बिरामीका निकट हुन सक्दैनन् न त बिरामीले नै डाक्टरलाई साथी ठान्न सक्छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। मोहनचन्द्र रेग्मी अरुभन्दा फरक छन् ।हँसिलो र मिजासिलो स्वाभावले उनी बिरामीको मन जित्न सफल छन् । उपचारमा आउने बिरामीहरुका लागि पनि उनी साथी हुन् ।

सुनसरी धरान स्थित बीपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठानको गाईनो बिभागिय प्रमुख भएर बिगत ४ बर्षदेखि उत्कृष्ट काम गर्दै आएका डा.मोहनचन्द्र रेग्मी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित छन । दक्षिण एशियामै उत्कृष्ट प्रोफेसर भई रेग्मीले २ वटा अवार्ड हात पारेकाछन ।

बिगत १७ बर्षदेखि प्रतिष्ठानमा आबद्ध रहेका रेग्मी २०७२ सालदेखि प्रतिष्ठानमा गाईनो बिभागयि प्रमुखका रुपमा कार्यरत रही आफनो बिभागलाई अब्बल साबित मात्र गरेका छैनन । दक्षिण एशियामै पहिलोपटक प्रतिष्ठानबाट महिलाहरुको आङ खस्ने समस्या, फिस्टुलाको खोज अनुसन्धान गरी उपचारमा १ दशक देखि प्रतिष्ठानमा नि शुल्क ९ फिस्टुला फ्रि नेपाल अभियान संचालन गरि १ करोडको फण्ड समेत निर्माण गरेका छन । जहाँ ७ सय ५० जनाको नि : शुल्क शल्यक्रिया गरि यातायात खर्च समेत उपलब्ध गराउने हेतुले रोगको उपचार गर्ने मात्र नभएर उनी राष्ट्रिय प्रशिक्षकका रुपमा समेत कार्यरत हुँदा थप हौसला मिलेको रेग्मी बताउँछन।

आबद्धता र पुरस्कार

फिस्टुला रोग विशेषज्ञका रुपमा नेपालमै अब्बल डाक्टर मानिएका डा।मोहनचन्द्र रेग्मी नेपाल मेडिकल एसोशियसन धरान शाखाका अध्यक्ष हुन् । सन् २०१४ देखि अध्यक्ष छन् ।

-उनी दुई वर्षदेखि साउथ एसियन फेडेसन अफ युरो गाइनोलोजीका उपाध्यक्ष छन् । सन् २०१३ मा फिस्टुला नेपालका संस्थापक अध्यक्ष भएर फिस्टुला रोगीको निःशुल्क उपचारमा लाग्दै आएका छन् ।

-यसबिचमा बिभिन्न खोज,अनुसन्धानका क्षेत्रमा समेत उनी सक्रिय देखिन्छन । विश्वका ३२ वटा देशको भ्रमण गरिसकेका रेग्मिले दक्षिया एशियामै उत्कृष्ट भई २ वटा अवार्ड ओब्स्टेट्रिक्स अवार्ड र स्त्री रोगशास्त्रमा सर्वश्रेष्ठ प्रोफेसर अवार्ड हात पारेमा हुन ।

-रेग्मी यतिबेला विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बिरुद्ध विश्वका १२ जना बिशेषज्ञ सम्मिलित विश्वब्यापी फोरम ( कोभिड १९ ) ग्लोबल टास्कफोर्समा नेपालको प्रतिनिधित्व गरी सदस्य रहेकाछन । सो फोरममा नेपालबाट रेग्मिमात्र सहभागी छन । यस फोरममा गर्भवती महिलाहरुलाई बिश्वमा कोरेना भाइरसले पारेको चुनौति र त्यसका ब्यवस्थापनबारे अवधारणा आदानप्रदान गरी सहजिकरण गर्ने गरेको रेग्मी बताउँछन।

राज्यले आङ खस्ने समस्याबारे निति समेत नबनाएको हुँदा फिस्टुला फ्रि नेपाल अभियान समेत संचालन हुदँ बिभिन्न देशबाट सो रोग भएका महिलाहरु उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन जहाँ बिरामी र १ जना कुरुवाको यातायात खर्च प्रतिष्ठानले व्यर्होने रेग्मीले बताए । भने लकडाउन अवधिमा प्रतिष्ठानको गाइनो विभागमा दैनिक सरदर ३० देखि ३५ जनाको डेलिभरी सेवा भैरहेको रेग्मीले जानकारी दिए ।

के हो फिष्टुला ?

डा.रेग्मी भन्छन्, ‘फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलाहरूमा हुने प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला)बच्चा पाउँदाको जटिलता वा बलात्कारका कारण हुने गर्दछ ।

लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्,त्यसमा प्वालपर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ ।
डा।रेग्मी भन्छन् ‘बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मिति भन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्यो भने यस्तो समस्या आउँछ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टरमा पहिलो पटक प्रतिष्ठानमै कार्यरत डा. रेग्मी नियुक्ति भएका छन् । प्रतिष्ठानको रजिष्ट्रारमा अहिले सम्म प्रतिष्ठान भित्रैको डाक्टरहरूबाट कहिल्यै पनि नियुक्ति पाएका थिएनन् । प्रतिष्ठानकै प्रसूति विभागका प्रमुख रहेका डा।रेग्मीलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज देखि लागु हुने गरी नियुक्ति गरेका हुन् ।