धरान : धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ्ले उम्मेदवारी दिने भएका छन् ।
राष्ट्रिय एकता समाजका संस्थापक नेता साम्पाङले मेयर पदमा उम्मेदवारी दिने बताएका हुन् ।
नेपाल सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहौल बढेको छ । दलीय हिसाबमा चुनावी जोड घटाउन सुरु भएको बेला साम्पाङले चुनावी तयारी थालेका हुन् ।
यस अघि पनि मेयर पदमा पराजित उनी पुनः चुनावी दौडमा देखिने भएका छन् । फेसबुक मार्फत जानकारी गराएका उनले सबैभन्दा अगाडी उम्मेदवारी घोषणा गरेका हुन् । उनको घोषणा सँगै धरानमा चुनावी माहौल गर्माएको छ ।