निमोनिया प्रायः जाडो मौसममा लाग्ने रोग हो । फोक्सो वा छातीमा संक्रमण भएपछि निमोनिया हुन्छ । यसले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ । जाडो मौसममा बालबालिका र वृद्धवृद्धालाई यसले बढी सताउँछ । विश्वमै बालमृत्युको प्रमुख कारण निमोनियालाई मानिन्छ । जाडोमा सुक्खा वातावरण, धुलो, धुँवाका कारण दूषित हावा तथा अक्सिजनको मात्राभन्दा कार्बनडाइअक्साइडको मात्रा बढी हुनुलाई निमोनियाको प्रमुख कारण मानिन्छ ।

निमोनियाका लक्षण

-बच्चा रोइरहने
-दूध चुस्न नमान्ने
-कोखा हान्ने
-श्वासप्रश्वासमा समस्या देखिने
-खोकी लाग्ने
-ज्वरो आउने
-छाती दुख्ने
-शरीर सिथिल हुने

रोकथाम

-पोषिलो खानेकुरा खुवाएर बालबालिका तथा वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता बढाउने
-जन्मेको १ घन्टाभित्रै नवजात शिशुलाई स्तनपान गराउने
-सकेसम्म बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउने
-६ महिनापछि बच्चालाई आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्याएर खुवाउने
-वातावरण सरसफाइमा ध्यान दिने
-घरभित्र हुने धुवाँ–धुलोबाट बच्ने
-खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्ररी हात धुने
-नवजात शिशुलाई छुँदा साबुन-पानीले हात धोएर मात्र छुने

उपचार

-चिसो लागेको महसुस भए समयमै घरेलु उपचार गर्ने
-बच्चालाई न्यानो बनाएर राख्ने
-६ महिनासम्म बच्चालाई आमाको दूध खुवाउने
-६ महिनापछि बच्चालाई आवश्यक पर्ने अन्य खनिज पदार्थ समय मिलाएर खुवाउने
-मनतातो पानीमा सफा कपडा भिजाएर बच्चाको सरसफाइ गरिदिने
-बच्चालाई खोकी बढी लागेको छ भने पानी उमालेर मनतातो बनाएर खुवाउनुपर्छ
-बच्चालाई अरू वेलाभन्दा बढी झोलिलो खानेकुरा पटक–पटक खुवाउने
-बच्चाले श्वास छिटोछिटो फेरेको र कोखा हानेको छ कि छैन विचार पु¥याउने
-पाको उमेरका व्यक्तिले धूमपान नगर्ने
-झोलिलो खानेकुरा तथा फलफूल खाने
-चिसो लागेको तथा गाह्रो महसुस भएमा तुरुन्तै अस्पताल लैजाने
(डा. रामहरि चापागाईं, कान्ति बालअस्पताल)