दुःख हरेक सबको हरेर दैव सदैव रहोस् सुखवास
वेदना सबको काजुँली बनी फेरियोस् नयाँ रुप खास
संर्घष सबको फलदायक एउटा उदाहरण रह्योस् पास
चिन्ता–पिर बहेर जाओस् हे ! पशुपतिनाथ गरन एउटा प्रयास ।।१।।
रंगविरंगी फूल फेरि फूलोस् उजाँड त्यो डाँढा रंगीयोस
हिंसाको बादल उँडाई लाने त्यो आँधि फर्कियोस
नेपाली हामी एकजुट भई पाइला यो विकाशमा लर्कियोस
श्रष्टा र भक्ति आशिष गुन्ने हे ! मनकामना माई गरन एउटा प्रयास ।।२।।
पाप पखाल्ने उर्लियोस् भेल हृदय होस चंचल खास
भाईचारा साईनो बुन्ने मनको प्रिति होस मायाको सास
खाल्टोमा भर्ने दुःखको भारी घर होस् सबको शान्त बास
अशान्ति लुक्ने र्पखाल ऊठोस हे ! निलकण्ठ बाबा गरन एउटा प्रयास ।।३।।
जंजीरले बाँध राजनीती गरी जो–जो छन् फैलाउँने त्रास
पहाडि–तराई, पूर्व–पश्चिम अभद्र विचर गरिदेऊ सबको नाँश
देश एउटै मुलुक सबैको जीउने छ अधिकार आफ्नै पास
एकत्रित बनाई एकतामा बाँध्ने हे ! मुक्तिनाथ दैव गरन एउटा प्रयास ।।४।।
चेतना जागोस मानषपटमा हेर्ने ती दीन, दुःखीको लाश
आफन्तै–आफन्तको इज्जतमा खेल्ने विकृतिको बड्दो साथ
आफ्नै घरमा रहेन फेरि कुनै आश र भरोसाको शान्तवास
अन्धोलाई पनि प्रकाश बाँढ्ने हे ! गोरखनाथ बाबा गरन एउटा प्रयास ।।५।।
प्याँस तृप्त मेटियोस् जो देश हुर्काउन परदेशमा रुन्छ हरेक साँझ
भोक अखण्ड मेटियोस् जो वंञ्चित छन् देशमै भौतारिएर मर्नेको राश
बाँझो फूटोस् यहाँ आफ्नै धर्तीमा जुन खेत र आलीको हुँदैछ सर्बनाश
स्वभिमानको मूल फूटोस् हे ! हलेसी माई गरन एउटा प्रयास ।।६।।
कर्म र भक्तिको एक झिनो गाँस सबैले पाओस फैलाउन आज हात
हजारौ यहाँ भट्कियो आत्मा भेदभावमा लुटियो त्यो मिठो गाँस
खुशीको लहर सबैमा छायोस प्रतिक छ त्यो हिमाल हाम्रै पास
संसार भरि गोर्खाली भनि चिनाउने फेरि
हे ! स्वयम्भूनाथ गरन एउटा कहिले नटूट्ने प्रयास ।।७।।