चोट मुटुभित्र जति भए पनि
खुशी छु भनी देखाउन रुन्चे हाँसोहाँस्छ मान्छे
भित्र भित्रै जलेर खरानी भए पनि
बाध्यता र परिस्थितिको दासी बन्छ मान्छे
कति आफन्तले दिएका चोटत
कति पराइले दिएका तुच्छ वचन
ती सबैलाई उपहार सम्झी हाँसीहाँसी स्वीकार्छ मान्छे
दुःख कसैले नदेखुबन भनी सुटुक्कै आँशु पिइदिन्छ मान्छे
सम्बन्धलाई जोगाइराख्न आफूलाई जीउदै मार्छ मान्छे
अन्यायको बिरुद्धमा लड्न साटो
भाग्यलाई दोष थोपर्छ मान्छे
बिद्रोहका आवाज निस्कन खोज्दा
बलजफत मुक बनिदिन्छ मान्छे
यस्तै छ हजुर यहाँ कति कुरा देख्दादेख्दै पनि
अन्धो भइदिन्छ मान्छे
पटक पटक आफू मर्दै
अरुको लागि बाँचीदिन्छ यो समाजको सोझो मान्छे ।।