ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “प्रदेशको नाममा मतान्तर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । २०७२ साल असोज ३ गते जारी भएको सँविधानले नेपाल ७ प्रदेशमा रहने व्यवस्था गरेको छ । पाँचवटा प्रदेश अझै पनि अङ्ककै भरमा चिनिन्छन् । प्रदेश १,२,३ र ५ प्रदेशले सरकार गठन गरेको आधा वर्ष बित्दा पनि आफ्नो नाम र स्थायी राजधानी तोक्न नसकेको अवस्थामा इटहरीमा अगुवाहरुले आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् । अहिलेसम्म तीनवटा प्रदेशलेमात्र नाम र राजधानीको छिनोफानो गरेका छन् । नाम र राजधानी टुङ्गो लगाउने कर्णाली पहिलो, गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो प्रदेश हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “कटहरी वथनाहा रेलमार्ग निर्माण तीव्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारतको वथानाहा स्टेशनबाट मोरङको कटारीसम्म रेल मार्ग निर्माण तीव्र बनाइएको छ । रेलमार्ग १८ किलोमिटरको हुने छ भने अहिले ७ दशमलव ६ किलोमिटर दुरीमा ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ । २ प्लेटफर्ममा ४ लेन रेलमार्ग निर्माण गर्नुगर्ने निर्माण कम्पनी इरकोणले पहिलो चरणमा एउटा प्लेटफर्म र २ लेनको कामलाई सक्न लागेको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “धरानका सडकमा जोखिमपूर्ण खाल्टाहरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दैनिक सयौं सवारी गुड्ने धरानको मुख्य बजारका सडक नियमित मर्मत सम्भार नहुँदा दुर्घटना हुने जोखिमपूर्ण दुरावस्थामा रहेको छ । उपमहानगरको मध्य भागबाट कोशी राजमार्ग हुदैं दैनिक सयौंको संख्यामा ठूला मालवाहक सवारी समेत आवात जावत गर्ने मुख्य सडकमा ठूला ठूला खाल्डा परेका छन् । धरानको वरगाछी चौक देखि छाताचौक सम्म अनगिन्ती यस्ता खाल्डाहरु छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “थेगी नसक्नु कारोबारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । लागुऔषध ओसारपसार र प्रयोग बढेकाले प्रदेश १ मा सामाजिक समस्या जटिल हुदैं गएको छ । लागुऔषधको ओसारपसार ठप्प पार्ने नसके यसले समाजलाई नै खोक्रो बनाउदैं लैजाने सरोकारवाला बताउँछन् । इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतमा चोरी, लुटपाट, हत्या लगायतका अपराधमा संलग्न कोहीपनि भेटिदैनन् । थुनामा रहेका सबै लागुऔषध ओसारपसारमा पक्राउ परेका ब्यक्ति हुन् इप्रका रानीका निरीक्षक सन्तोष निरौलाले भने ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “मधेस हेपिँदा देश हेपिएको महसुस भएन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारको हेपाहा सोचका कारण मधेसका मुद्दा समस्या अझैसम्म सुल्झन नसकेको शनिबार दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

मधेसबाट नै देशका राजनीतिक परिवर्तन भए पनि त्यहाँका नागरिकले देशको माया नपाएको उनीहरुको टिप्पणी थियो । उनीहरुले मधेसका बासिन्दाहरु वर्षौंदेखि विभिन्न सामाजिक, राजनीतिक, सांस्कृतिक उत्पीडनहरुबाट हेपिँदै आए पनि देशले कहिल्यै हेपिएको आत्मबोध नगरेको औँल्याए । युथ नेटवर्क दमकले शनिबार आयोजना गरेको बैसी दुडुव–६ अन्तरसम्वाद कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले मधेसको मुद्दा सम्बोधन गर्न ढिलाइ भइसकेको विचार राखे ।

आजको मधेसमाथि गर्दै संग्रौलाले मधेसलाई हेर्ने दृष्टिकोण सुधार नहुदाँ मधेस र पहाड, हिमालबीच खाडल बन्दै गएको जिकिर गरे । मधेस भूगोल र सभ्यता भएको दाबी गर्दै उनले भने, ‘सिंहदरवारबाट मधेस कहिल्यै साझा बनेन, जुन समस्या लामो समयदेखि उत्पन्न भइरहेको छ ।वर्तमान नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुइतिहाईको सरकारले मधेसको मुद्दा केही मधेसका पार्टीलाई सरकारमा ल्याउँदै मुद्दा नै समाधान भयो भनेर सम्झिए, त्यो दुर्भाग्य हुने उनको भनाइ थियो ।