हालै एक अनलाइनमा आएको एक समाचार अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा अन्नपूर्ण क्षेत्रमा ट्र्रेकिङ जाने क्रममा लेक लागेर हाई एल्टिच्युड सिकनेसका कारण २१ जनाले आफ्नो जीवन गुमाएका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा अन्नपूर्ण क्षेत्रमा ट्र्रेकिङ जाने क्रममा त्यसरी लेक लागेर हाई एल्टिच्युड सिकनेसका कारण जीवन गुमाउने विभिन्न देशका २१ जना ट्रेकर्सहरुमा ११ जना भारतीय ट्रेकर्स, ६ जना नेपाली, मलेसियन २ जना ट्रेकर्स र युक्रेनी र बेलायती १-१ जना छन् ।
त्यसरी अन्नपूर्ण क्षेत्रमा ट्र्रेकिङ जाने क्रममा लेक लागेर जीवन गुमाउनेहरूमा बढी जसो ‘थोरोङला पास’ थोराङ डाँडो काट्ने वा काटेर तल झरिसके पछिको क्रममा मर्नेहरू रहेका छन् ।
व्यवसायीक पर्यटन सुरु हुन अघि पहिले पहिले धेरै जसो आफू खुसी पर्यटन क्षेत्रमा जोखिम उठाउने पर्यटकहरूलाई ‘झोले पर्यटक’ भन्ने पनि गरिन्थ्यो । ट्रेकिङ गर्न जाने ट्रेकर्सहरुलाई ३ हजार मिटरभन्दा बढीको उचाइमा पुगेपछि उच्च हिमाली क्षेत्रमा लाग्ने रोगका लक्षणहरू थाहै हुँदैनथ्यो ।
अथवा केयरलेस गरेर कतिपय ट्रेकर्सहरु चाहिँ घमण्ड साथ ३५०० मिटर वा सोभन्दा धेरै माथिको उचाइमा पनि क्याम्प गर्नु अथवा वास बस्न पुग्थे । त्यस कारण उनीहरूले अकालमा जीवन गुमाउने गर्दथे ।।
जब ट्रेकर्सहरु ३ हजार मिटरको उचाइमा पुग्छन्, तब उनीहरूमा लेक लाग्ने हाई एल्टिच्युड सिकनेस लक्षणहरू देखा पर्न थाल्छन् । खासमा यो रोग अस्थायी रोग हो भने, यो रोग सबैलाई नलागेर कसै कसैलाई मात्र लाग्ने गर्दछ ।
स्मरणीय के छ भने, यो रोगले च्याप्दा–च्याप्दै रोगीले ढाँटेर वा अटेर जबरजस्ती अझ माथि जान खोजेमा त्यो व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले पर्वतारोहण वा पदयात्रा क्षेत्रमा ३ हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा ३००-३५० मिटरभन्दा माथि क्याम्प गर्नु हुँदैन । तथा वास बस्नु हुँदैन भन्ने मान्यता रहेको छ ।
किनभने, जति उचाइमा गयो, उति अक्सिजनको मात्रा कम हुँदै जाने हुन्छ । त्यस्तै न्यानो कपडाको अभाव, पानी कम पिउनु कमसल खाना खानु, शारीरिक कमजोरी आदिका कारणले पनि तीर्थयात्री वा पदयात्रीहरू बिरामी पर्न सक्ने सम्भावना रहन्छ । स्मरणीय छ, समुन्द्र सतहमा शतप्रतिशत अक्सिजन पाइन्छ भने जति माथि गयो, उति अक्सिजनको मात्रा घट्दै जान्छ ।
ट्रेकिङ क्षेत्रको मानिसहरूले छिटो बुझ्ने भाषामा भन्नु पर्दा ‘हाई अल्टिच्युड सिकनेस’बाट बच्नलाई यो रोगका लक्षण देखा पर्ना साथ बच्ने उपाय गरिहाल्नु पर्छ । यो रोगको लक्षणहरूमा वाकवाक लाग्नु, टाउको दुख्नु, थकाईको अनुभव गर्नु, हिँड्दाहिँड्दै निन्द्रा लाग्नु, एक वस्तुलाई दुई वा त्यो भन्दा बढी देख्नु (डबल भिजन), हिँड्दा खुट्टाले ठिक ठाउँमा टेक्न नसक्नु ,जाँडले मातेर लड्खडाउँदै हिँडे जस्तो हिँड्नु आदि हुन् ।
यस्ता स्वास्थ्य समस्याबाट बच्न सर्व प्रथम न्यानो लुगा लगाउने, पानी प्रशस्त पिउने, बिस्तारै हिँड्ने, भेटेसम्म तातो झोल पदार्थ धेरै खाने गर्नु पर्छ । चुरोटको धुवाँ तथा गन्धले पनि धेरै असर गर्ने भएकोले चुरोट नखानु र यसको गन्धबाट बच्नु पर्छ ।
हिमाली क्षेत्रमा जाँदा कसै-कसैलाई दिमागमा पानी जम्ने हाई एल्टीच्युट सेरेब्रल एडमा ‘हेस’ र फोक्सोमा पानी जम्ने हाई एल्टीच्युड पुल्मोनरी एडमा ‘हेप’को समस्या देखिन सक्छ ।
‘हेप’को लक्षणहरूमा खप्नै नसक्ने गरी टाउको दुख्नु, बान्ता हुनु, जिऊ सन्तुलित नहुनु, दिमागले ठिक ढङ्गले काम नगर्नु, एक वस्तुलाई एकभन्दा बढी देख्नु, बेहोस हुनु आदि हुन् ।
‘हेप’को लक्षणहरूमा आराम गरेको वेलामा पनि श्वास बढ्नु, बेस्सरी खोकी लाग्नु, खोक्दा दिमाग नै थर्के जस्तो महसुस गर्नु, छातीमा घ्यार-घ्यार आवाज आउनु, शरीर सुन्निनु, हात-खुट्टाका औँला र नङमा निलोपना देखिनु आदि हुन् ।
अत्यधिक चिसोले कठ्याङ्ग्रिनु, स्नो ब्लाइन्डनेस (आँखा नदेख्नु), हिउँले आँखा खानु, बान्ता हुनु, झाडापखाला लाग्नु, आकस्मिक रूपमा चोटपटक लाग्नु आदि अरू स्वास्थ्य समस्याहरू हुन् । उल्लेखित लक्षणहरू मध्ये ‘हेस’को रोकथामका लागि बिरामी कम उचाइमा झर्नु पर्छ ।
पोर्टेबल च्याम्बरमा बिरामीलाई भित्र हालेर पम्प गर्ने ग्यामो ब्याकमा राखेर पम्प गर्नु पर्छ । यसरी पम्प गर्दा बिरामी बिस्तारै एल्टिच्युडमा आउँछ । साथै बिरामीलाई आवश्यक औषधी पनि खानु पर्छ । बिरामी बेहोस छ भने इन्जेक्सन पनि लगाउन सकिन्छ ।त्यस्तै ‘हेप’को जोखिमबाट जोगिनका लागि पनि बिरामी कम उचाइमा झर्नु नै उत्तम मानिन्छ । जे होस्, लेक लागेको बिरामीलाई उत्तानो पारेर सुताउनु पर्छ । त्यसपछि ‘ग्यामो ब्याग’ प्रयोग गर्नु पर्छ । यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बन डाईअक्साइड बाहिर जान्छ ।
सिकिस्त बिरामीलाई ५-६ सेकेन्डको अन्तरमा पम्प गरिरहनु पर्छ भने एकजनाले बिरामीले बोल्न सक्छ कि सक्दैन ? भनेर हेर्दै गर्नु पर्छ । बिरामीले अवस्था हेरी १५-२० मिनेटमा नै बोल्न हाँस्न थाल्छ । सिकिस्त बिरामी भए ३-४ घण्टा पनि लाग्न सक्छ । त्यस पछि बिरामीलाई जति सक्दो तल (कम उचाइमा) झार्नु र्छ । बिरामीलाई आराम गराउने, पानी प्रशस्त दैनिक ४/५ लिटर पिलाउनु पर्छ । पानी खान नमानेमा झोल खाने कुरो प्रशस्त दिनु पर्छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन दिनु पर्छ ।
नेपालमा हरेक वर्षको जनै पूर्णिमा लगायत अन्य तिथिहरूमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा) दुधकुण्ड (सोलुखुम्बु), पाँच पोखरी (सिन्धुपाल्चोक), (लमजुङ), सभाया पोखरी (सङ्खुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा धार्मिक उद्देश्यले तीर्थयात्रीहरू भ्रमण गर्न जाने गरेका छन् ।
ती धार्मिकस्थलहरु नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित छन् । यसरी विगतमा हिमाली क्षेत्रमा रहेका तीर्थस्थलहरूमा धार्मिक उद्देश्य बोकेर जाने कतिपय तीर्थयात्रीहरू प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी, र सुरक्षित वासस्थानको अभावमा अनेकौँ सास्ती खेपिरहेका हुन्थे/खेप्छन् ।
हिन्दु धर्मावलम्बीहरूको मान्यता अनुसार पवित्र तीर्थस्थल र देवदेवीहरूले वास गरेको धाम जाँदा खाली खुट्टा जानु पर्छ भन्ने मान्यता छ । त्यसैले उनीहरूमध्ये धेरै जाने तीर्थयात्रीहरू खालि खुट्टा नै हिँड्थे । जसले गर्दा धेरै तीर्थयात्रीहरूको खुट्टाका औलाहरू अत्यधिक चिसोले कठ्याङ्ग्रिन्थे र रगत जम्थ्यो हुन्छ ।
केही वर्ष अघिसम्म अधिकांश तीर्थयात्रीहरूले आफूmले आङमा लगाउने लुगा र राती ओढ्ने ओढा समेत न्यानो र भरपर्दो बोक्दैन थिए । उनीहरूले तागतिलो खानाको व्यवस्था गर्ने त टाढाको कुरो भयो ।
अहिले चाहिँ मानिसमा आएको चेतनासँगै दुखाई कम गर्ने, घाउ सफा गर्ने कीटाणु मार्ने औषधि त्यस्तै चर्को घामबाट बच्न सन क्रिम, लोसन आदिका साथै चोटपटक लागेमा प्राथमिक उपचार गर्न चाहिने महल-पट्टी, टेप, पलास्टर, कपास, कैचीँ, चिम्टा, ज्वरो नाप्ने डिग्री, सियो, धागो, मेडिकल ग्लोब, सिटामोल, डायमक्स, साथै बोकेर जाने गरेका छन्, केही तीर्थयात्रीहरूले ।
त्यस्तै हिमालयन उद्धार सङ्घ (एचआरए) ले पनि विगत लामो समयदेखि केही तीर्थ यात्रा स्थलमा अस्थायी मेडिकल क्याम्प राख्ने गरेको छ, तीर्थयात्रीहरूका उपचार र सेवाका लागि भनेर । काठमाडौँ नजिकको गोसाईँकुण्डमा ।
फलतः पहिलेपहिले जस्तो अकालमा तीर्थयात्रीहरू मर्ने सम्भावना कम भएर गएको छ । गोसाईँकुण्डमा मेला भर्न तथा तीर्थ गर्न जाने तीर्थयात्रीहरू । त्यसैले हिमालयन उद्धार सङ्घ (एचआरए) ले आगामी दिनमा हरेक वर्षको जनै पूर्णिमालगायत अन्य तिथिहरूमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा) दुधकुण्ड (सोलुखुम्बु), पाँच पोखरी (सिन्धुपाल्चोक), (लमजुङ), सभाया पोखरी (सङ्खुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा पनि अस्थायी स्वास्थ्य चौकी (मेडिकल क्याम्प) राख्न सके सुनमा सुगन्ध हुनेछ ।