बि. स. २०६८/६९  तिर धरानमा माउन्टेन साईकलको प्रयोग संस्थागत रूपमा भएको हो ।

त्यो भन्दा पहिले व्यक्तिगत रूपमा एकाधले चलाऊथे । हेर्दा पनि अरू साइकल भन्दा फरक देखिने गियरवाला माउन्टेन साईकल एउटा गजबको साधन थियो । आम मानिसमा यो रेस गर्ने साईकल या स्टण्ट गर्ने साधनको रूपमा बुझ्ने गर्दथे साधरणतया माउन्टेन साईकलको प्रयोग गर्न खासै रुचि हुँदैन थियो ।

साईकल यातायातको साधनको रूपमा भने धेरै प्रयोगमा आउँथ्यो । स्कुल, अफिस, बजार, घाँस दाउरा, तरकारी ओसार पसारमा साईकल निक्कै पहिले देखी नै प्रयोगमा आइरहेको त हामी सबैलाई थाहा भएकै कुरा हो ।

धरानमा माउन्टेन साईकलको प्रयोग गरेको देख्दा म मा पनि माउन्टेन साईकल धरान र आसपासका रमणीय स्थलमा जाने एक खालको मनमा हुटहुटी चल्न थाल्यो । यसै कारण २०६९ माघ श्री पञ्चमीका दिन मैले पनि एउटा सेतो रङको जाइण्ट ब्रान्ड को माउन्टेन साईकल किने र रहर पुरा गर्न धरानका सडक साईकलका पाङ्ग्राले नाप्न सुरु गरे ।

यसै क्रममा बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, बिष्णुपादुका मन्दिर कहिले भेडेटार कहिले राजारानी ताल कहिले महाभारत पहाड कहिले नमस्ते झरना, तमोर, बराहक्षेत्र, चतरा-कोशीटप्पु त कहिले बेतना सिमसार-ताल तलैया साईकलमा सायर गर्दा धेरैको नजरमा परिन्थ्यो । धेरै प्रश्नका उत्तर दिनु पर्दथ्यो ।

Krishna-Kc 2

प्रश्न यस्ता हुन्थे “ तपाईँहरू यसरी माउन्टेन साईकलमा हिँडेको भत्ता पाउनु हुन्छ ? “तपाईँहरू टुरिस्ट हो ?“ यो माउन्टेन साईकललाई कति पर्छ ?“ यो माउन्टेन साईकल उड्छ ?“ जस्ता प्रश्नको उत्तर दिँदै अगाडि बढथ्यौं ।  अझ कहीँ कहीँ त ओहो नेपाली टुरिस्टहरू भनेर जिस्काउने पनि भेटिन्थे । हामी शहर भित्र हेल्मेट लगाएर साईकल चलाउँदा बडो अचम्म मानेर साईकलमा पनि हेल्मेट भनेर हेरेको कहिल्यै बिर्सिदिन ।

यसरी साइक्लिङ गर्दा साइकल प्रतीको मोह किन्दा को भन्दा धेरै गुना बढीसकेको थियो । त्यही मोहलाई व्यावसायिक बनाउन बि.स. २०७१ मा धरानबाट काठमाडौँ हान्निए र मेकानिक्सको तालिम लिए । करिब छ महिनाको सिकाई र काम गराईले म मा एक खालको आत्माविश्वास पलाएको थियो ।

धरानमा साथीहरु सङ मिलेर एउटा माउन्टेन साईकल शोरुम ग्रिन व्हील्स धरान खोले । त्यस पछि टस्क माउन्टेन बाइक स्टोर सञ्चालनमा ल्यायौ । बिस्तारै  धरान लगायत पूर्वमै माउन्टेन साईकल प्रयोग गर्नेको सङ्ख्या केही मात्रा मा बढ्यो ।

हामीले हरेक राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवसहरूमा जनचेतना मूलक साइकल र्‍याली आयोजना गर्न थाल्यौ । धरानलाई साइकल मैत्री शहरको परिचय स्थापित गर्नुपर्छ भनेर हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रवार क्रीट्रिकल मास रडाइ जस्ता साइकल र्‍याली आयोजना गर्दथ्यौ ।

त्यतीबेला त्यस्ता र्‍यालीमा माउन्टेन साइकल भएका मात्र सहभागी हुन्थे। अरू हेरेर बस्थे। यो देख्दा साह्रै नरमाइलो लाग्दथ्यो । मैले आउनुस् सहभागी हुनुस् भन्दा जवाफमा मेरो माउन्टेन साइकल होइन र्‍यालीमा साधारण साइकलमा आउँदा सरम लाग्छ भन्ने शब्द सुन्दा झनै दुःख लागेर आउथयो ।

कोही हाम्रै साथीहरूले पनि माउन्टेन साइकल अनिवार्य भन्ने गर्थे । यस्तो व्यवहारले कहिले साइकल मैत्री शहर बनाउने भन्ने लाग्थ्यो । केही समय पछि आदरणीय दाइ पुष्कर शाह अनि एनसिसिएनका अध्यक्ष  मित्र शैल श्रेष्ठ सँगको भेटले मेरो सपनालाई अझ बलियो बनाइदियो ।

Krishna-Kc-1

उहाँको कथन थियो हाम्रो समस्या नै यही हो माउन्टेन साइकल र साइकल बिचको खाडल पुर्नुपर्छ । जस्तो साइकल चलाए पनि त्यो साइकिलिस्ट नै हो अब र्‍याली अलि भव्य गर्नु पर्‍यो सबैलाई समेट्नु पर्छ । अनि बिस्तारै यस्ता समस्या हराउँदै जान्छन् भनेर आँट दिनुहुन्थ्यो र हामी पनि त्यसरी नै लागिरह्यौ ।

यस अभियानमा हामीलाई धरान उपमहानगरपालिकाका तत्कालीन सामाजिक विकास अधिकृत सुनिल नेपाल, कार्यकारी अधिकृत, टिकादत्त राई, मेयर स्वर्गीय तारा सुब्बा, वर्तमान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, बिपिकेआईकेएचएसका प्राध्यापक डाक्टर प्रशान्त शाह, प्राध्यापक डाक्टर मधुर बस्नेत, साइकल प्रेमी पत्रकार रोहित राई, भोजराज श्रेष्ठ, विराट अनुपम, मिलन बिछोड साथै सम्पूर्ण पत्रकार, फोटो पत्रकार यात्रा थुलुङ, राजेश शाक्य (टोनी), सौजन श्रेष्ठ  जेसिज, साइक्लिङ धरान, सुनसरी साइक्लिङ एसोसिएसन रोट्याक्ट क्लब,  जस्ता धेरै सङ्घ संस्था व्यक्तिको सपोर्टमा विभिन्न साइकल र्‍याली, साईकिलिङ प्रतियोगिता आयोजना गर्दै आउँदा त्यो समस्या न्यूनीकरण भएको महसुस भएको छ ।

आजको दिन मा साइक्लिङ मात्र रमाइलो यात्रा अथवा धनी, समय हुनेहरूमा मात्र सीमित रहेन । स्वास्थ्य चेतना हुने सबैले राम्रो स्वास्थ्यको लागि आफू फिट रहन दैनिक साईकिलिङ गर्नेको सङ्ख्या दैनिक बढेको छ । जसले साधारण साइकल देखी विश्व प्रसिद्ध ब्रान्डका ब्राण्डेड माउन्टेन साइकलहरूको बिक्रीमा पनि उल्लेख्य वृद्धि भएको छ । अहिले बजारमा विश्व प्रसिद्ध ब्रान्ड जाइन्ट, ट्रेक, कम्सियल, क्युब लगायतका ब्रान्डहरू चलन चल्ती मा धेरै पाइन्छ ।

अहिले पूर्वका धेरै शहरमा साइकल मैत्री शहरका अभियानमा साइकल प्रेमी अभियन्ता क्लब गठन गरेर नै सक्रिय भएको पाइन्छ । साइक्लिङ धरानमा दीपक जोशी , तरहरा साइक्लिङमा शिव रुम्दाली, गियर्स एन्ड बियर्स विराटनगरमा डा. राजीव श्रेष्ठ, चौदण्डीगढी राइइडर्स क्लबमा दीपक खनाल, सुन्दरहरैचा राइइडर्स क्लबका रविन विष्ट, साइक्लिङ फिदिममा पत्रकार लवदेव ढुंगान, देवीड श्रेष्ठहरूको अगुवाइमा साइकल पर्यटन र स्वास्थ्यका लागि साइकल अभियान अगाडि बढेको छ ।

यो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा  हातेमालो गर्नुहुने सम्पूर्ण साइकलप्रेमी खेलाडी शुभेक्छुकहरुमा आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै हार्दिक आभार प्रकट गर्दछौ । जय साइकल

Krishna-Kc-2 1