धरान : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज शुक्रवार र भोली शनिवार नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भयङ्कर हुरीबत्तास आउने पूर्वानुमानको जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज शुक्रवार पश्चिम नेपालको दाङ र नेपालगन्ज सहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपास जिल्लाहरूमा ठुलो हावाहुरी आउने पूर्वानुमान गरिएको छ ।
सोही हावाहुरी शनिवार पूर्व क्षेत्रको धरान, विराटनगर र धनकुटा आसपास आउने पूर्वानुमान गरिएको छ । उक्त हुरी बतासको तीव्र गति ११९ किलोमिटर प्रतिघण्टाको हुने अनुमान गरिएको छ । मौसम मापन अनुसार उक्त हुरीबत्तास ३३ मिटर/सेकेन्ड सम्म चल्ने अनुमान गरिएको छ ।
हुरीबत्तासले रुख ढल्ने, कमजोर संरचनाको घर, छाना उडाउने सम्भावना छ । साथै बिजुलीको पोलहरू ढालेर विद्युत् सेवा अवरुद्ध गर्ने, साथै सञ्चार सेवा समेत अवरुद्ध हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय धरानले जनाएको छ ।

dharan notice