आजभोलि नामको अगाडि प्राध्यापक, डाक्टर, इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, भाषाविद्, मुन्धुमविद्, विश्लेषक, लेखक, जान्ने-सुन्ने-बुझ्ने, भूतपूर्व मन्त्री, भूपू सांसद, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, गायक, कलाकार, चित्रकार आदि भनी आफ्नो नामको अगाडि विशेषण र फुर्को झुन्ड्याएकाहरूले आफूले लेख्ने, बोल्ने, भाषण गर्ने अन्तर्वार्ता दिने क्रममा राई के-कति कारणले जात हो ? अथवा जाति हो ? प्रस्ट्याएर कहिल्यै अन्तर्वार्ता दिएको, बोलेको, भाषण गरेको वा लेख लेखेको, फिचर लेखेको देखिँदैन। खालि '२८ भाषी राई, एक जात राई !' भनेर एकोहोरो वा भनौँ एकपाखे ढङ्गले मात्रै अन्तर्वार्ता दिएको, बोलेको, भाषण गरेको वा लेख लेखेको, फिचर लेखेको देखिन्छ।

जबकि कुनै पनि ‘जाति’ वा ‘समुदाय’ हुन उसको ऐतिहासिक भूमि, अरूको भन्दा छुट्टै मातृभाषा, अरूको भन्दा छुट्टै भेषभुषा, पुर्खाहरूको उत्पत्तिको इतिहास, वंश-परम्परा, परम्परागत कानुन, परम्परागत चालचलन, रीतिथिति, हामी भन्ने भावना, चाडपर्व, संस्कार, संस्कृति, रहनसहन, गरगहना आदि हुनु जरुरी छैन, जो सुकै व्यक्ति पनि हुन सक्छ । त्यसैले उनीहरूलाई अरूको जातिको भन्दा फरक भूगोल, छुट्टै भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रीतिथिति, चालचलन आदि देखाउन आवश्यक पर्दैन।

नेपालका हिन्दु धर्मालम्बीहरुलाई उदाहरणको रूपमा लिन सकिन्छ। एकै धर्म ‘हिन्दु धर्म’ मान्ने बाहुन, क्षेत्री, ठकुरी, राणा, शाह, सन्न्यासी, जोगी, हमाल, राणाभाट (राणाभाटहरुले हाल ‘राणा’ मात्रै लेख्न थालेका छन् ।), गाइने, बादी, दमै, कामी, सार्की, यादव, मिश्र, झा, साह, तेली, कानु, ठाकुर, चमार, दुसाध, पासवान, खतवे आदि धेरै जात समूहका एकै धर्मावलम्बी हुन् । त्यस्तै भाषाको हकमा पनि मधेसका यादव, मिश्र, झा, साह, तेली, कानु, ठाकुर, चमार, दुसाध, पासवान, खतवे आदिले भूगोलअनुसार मैथिली, भोजपुरी, अवधी, मगही, बज्जिका आदि बोल्छन् भने, पहाडका बाहुन, क्षेत्री, ठकुरी, राणा, शाह, सन्न्यासी, जोगी, हमाल, राणाभाट, गाइने, बादी, दमै, कामी, सार्कीले खस नेपाली भाषा बोल्छन् तर जाति वा समुदायमा त्यस्तो हुँदैन । उनीहरूको आफ्नै साझा भूगोल, साझा भाषा, साझा मूल्य-मान्यता, साझा धर्म, साझा संस्कार, संस्कृति, साझा रीतिथिति, परम्परागत कानुन, हामी भन्ने भावना आदि रहेको हुन्छ ।

‘आदिवासी’ हुनलाई त ऐतिहासिक भूमि, मातृभाषा, भेषभुषा, हामी भन्ने भावना, अरूको भन्दा छुट्टै संस्कार, संस्कृति, परम्परागत कानुन आदि अनिवार्य नै हुन्छ । तर, राई ‘जाति वा समुदाय’ नभएर , वर्ग वा समूह’ मात्रै हो भने सक्कि गो ! हाम्रो (मेरो व्यक्तिगत पनि) टाउको दुखाई नै यही विषयमा हो । किनभने, ‘जात, वर्ग वा समूह’ बन्न वा हुनलाई ऐतिहासिक भूमि, अरूको भन्दा छुट्टै मातृभाषा, छुट्टै भेषभुषा, पुर्खाहरूको उत्पत्तिको इतिहास, वंश-परम्परा, परम्परागत कानुन, परम्परागत चालचलन, रीतिथिति, हामी भन्ने भावना, चाडपर्व, संस्कार, संस्कृति, रहनसहन, गरगहना आदि हुनु परेन ।

यदि राई जात, समूह वा वर्ग मात्रै हो भने, ‘राईलाई आदिवासी जनजाति सूची’बाट तुरुन्तै हटाउनु पर्छ । तर, 'राई !' जाति वा समुदाय’ (त्यो पनि आदिवासी जनजाति !) नै हो भने नेपालका अन्य जाति वा समुदायमा भए जस्तै राईको पनि छुट्टै मातृभाषा, छुट्टै र मौलिक भेषभुषा, राईको ऐतिहासिक भूमि वा भनौँ उत्पत्ति–थलो, राईको वंश वा पिता पुर्खाहरू कोको हुन् ? उनीहरूको नाम-सूची, अहिलेसम्म आई पुग्दा राईको पुस्ता कति पुग्यो ? वंशवृक्ष र सो वंश–वृक्षको सूचीका साथै राईको जातीय गरगहना, राईको परम्परागत कानुन, राईको थर एवम् उपथरहरू केके हुन् ? सोको (सो को) सूची देखाउन सक्नु पर्छ । अर्को भुल्न नहुने तथ्य भनेको यदि हाम्रा राईवादी कामरेडहरुले भने जस्तै साँच्चै राई जात हो अनि बान्तवा, दुमी, कोयु, पुमा, वाम्बुले (हाम्रोतिर चौरासे राई ! भन्छन्) आदिचाहिँ थर मात्रै हो भने बान्तवा-बान्तावबीच, दुमी-दुमीबीच, कोयु-कोयुबीच, पुमा-पुमाबीच, वाम्बुले-वाम्बुलेबीच कसरी विवाह भई रहेको छ ? राई जात र बान्तवा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (बान्तवा–बान्तावबीच, दुमी-दुमीबीच, कोयु-कोयुबीच, पुमा-पुमाबीच, वाम्बुले-वाम्बुलेबीच) विवाह भई रहेको छ ? यसरी एकै थरमा विवाह गर्दा उनीहरूलाई नेपालको प्रचलित कानुनअनुसार ‘हाडनाता करणी’को मुद्दा पो लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरू मुसलमान जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने जात समूह हो ?

अर्को प्रश्न भनेको आफ्नो नामको अगाडि प्राध्यापक, डाक्टर, प्रोफेसर’ आदि जोड्ने तर, कोही व्यक्ति, समूह वा वर्गका अगुवा भनिनेहरू रिसाउलान् कि, कसैले माना पचनी गर्ने, दानापानी खाने र खाईजीवीका चलाउने बाटो वा भनौँ मुहान नै पो बन्द गर्देलान् कि !? भनेर सत्य-तथ्य सूचनाहरू दिन नसक्ने, वास्तविक कुरो भन्न नसक्ने र, लेख्न नसक्ने, बोल्न नसक्ने अर्थात् ‘सेतोलाई सेतो भन्न नसक्ने, कालोलाई कालो भन्न नसक्ने !’ तापनि पढाएर, लेखाएर, लेखेर, बोलेर, अन्तर्वार्ताहरू दिएर, अन्टसन्ट वकालत गरेर, बौद्धिकता हाँकेर खाईजीवीका चलाउने र बुद्धिजीवी भनिनेहरूले पनि राई जात, समूह, वर्ग मात्रै हो कि, जाति वा समुदाय नै हो ? अब उनीहरूले किटानी साथ लेख्नुपर्ने, बोल्नुपर्ने अन्तर्वार्ता दिनुपर्ने, वकालत गर्नुपर्ने देखिन्छ ।

जबकि राई भन्नेहरूको आफ्नो छुट्टै मातृभाषा नभएकैले/नभेटेकैले गर्दा संस्था दर्ता ऐन-२०३४ अन्तर्गत दर्ता गरेको आफ्नो संस्था, राई यायोक्खा नामक एनजिओ नाम समेत बान्तवा जातिको भाषामा ‘यायोक्खा’ राख्नु परेको सबैसामु विदितै छ । त्यस्तै राई भन्नेहरूले नाच्ने गरेको नाच (चण्डी नाच) को नाम पनि चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको, भनी यो पंतिकारलाई भूपू क्याप्टेन मामा (जो ललितपुर जिल्लाको मानभवन, तिखेदेवल, सातदोबाटो, थसीखेल, नखिपोट एरियामा बस्नु हुन्छ ।) ले भन्नु भएको हो । उहाँका अनुसार ‘यायोक्खा’ भनेर बान्तवा जातिको नाममा राई भन्नेहरूको संस्थाको नाम राखेपछि चाम्लिङहरूले पनि ‘चण्डी नाच’को नामचाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राख्ने प्रस्ताव गरियो । त्यसपछि ‘साकेला’ नाम पारित भयो अरे ! तर, हामी (कुलुङ) हरुका हकमा कदापि त्यस्तो होइन । किनभने, कुलुङ जातिको अरू जातिको भन्दा छुट्टै मातृभाषा, ऐतिहासिक भूमि (‘महाकुलुङ भूमि/भू-क्षेत्र’), वंश-परम्परा, अरू जातजाति वा समुदायले हामीलाई “कुलुङ” भनेर चिन्नुअघि हाम्रा २३/२४ जना पुर्खाहरू होहोरेम, तूम्नो, नीनाम-रीदूम, खप आदि पुर्खाहरू छन् । त्यसभित्र पनि प्रमुख चार प्रमुख पुर्खाहरू रहेका छन् । जस्तै छेम्सी, ताम्सी ,खप्दूलू (पिल्मो/पेल्माङ), राताप्खू (सोत्तो सोताङ) अनि मात्रै हामी (कुलुङहरु) आफूले भन्ने/बोलाउने नाम “कूलू” इथ्नोनिम र अरूले भन्ने/बोलाउने नाम “कुलुङ” एक्सोनिमले चिनिन थालेका हौँ ।

कुलुङ जातिको इतिहास, ऐतिहासिक भूमि, मौलिक भेषभुषा, गरगहना, भेदभाव रहित समाज, हामी भन्ने भावना, परम्परागत कानुन, मूल्य, मान्यता, गरगहना, अरूको भन्दा जीवनशैली, फरक संस्कार, संस्कृति, रहनसहन, चाडबाड, आफ्नै समुदायभित्र चल्ने नाता-कुटुम्ब (जस्तो कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेको छ । त्यसैले कुलुङ-कुलुङबीचमै विवाहवारि चल्छ ।) गर्ने प्रचलन आदि रहेको छ । अर्को उदाहरण दिनु पर्दा 'राई यायोक्खा' नामक संस्था जुन दर्ता भएको छ, संस्था दर्ता ऐन-२०३४’ अन्तर्गत । सो गैर सरकारी संस्था जो छ, सो संस्थाको तत्कालीन महासचिव राजबहादुर राई ज्युले यो पङ्क्तिकारलाई विसं २०६१/०६२ ताका मङ्सिरे पूर्णेको अवसरमा काठमाण्डौको टुँडिखेलमा  चण्डी नाच नाच्न बोलाउँदा मैले ‘आउन त आउँला तर, म राई होइन नि !’ भनी नसक्दै उहाँले ‘हामी सबै ... हो नि, हामी सबैको हो नि, आउनुस् न, आउनुस् !’ भन्नु भएको थियो । लगत्तै मैले ‘अनि दौरा, सुरुवाल र ढाका टोपी नै राईहरूले लगाउने जातीय पोसाक हो भनी प्रश्न गरी नसक्दै उहाँले ‘अँ .... हो नि, हामी सबैको दौरा-सुरुवाल हो नि !’ भनी जवाफ दिनु भएको थियो । तुरुन्तै मैले ‘हामी कुलुङको त पुरुषले लगाउने यस्तो-यस्तो नामको जातीय भेषभुषा हुन्छ, महिलाले लगाउने यस्तो-यस्तो नामको गरगहना हुन्छ, हाम्रो (कुलुङ) को त यस्तो यस्तो संस्कार, संस्कृति हुन्छ, मूल्य-मान्यता र परम्परागत कानुन हुन्छ, ... आदि’ हुन्छ भनी नसक्दै ‘ए... हामी चाम्लिङको पनि ... हुन्छ नि !’ भन्नु भएको थियो ।

तर, उहाँ जस्तो राई जातिवालहरूको ‘पिलर’ (महासचिव) भई सक्नु भएको मान्छे अहिले आएर आफूलाई राई र चाम्लिङ होइन, कोयु भन्नु हुन्छ अरे ! यो कुरो मेरो कानले सुनेको हो । किनभने, राउटे समुदायमा रहेको मान्यता र विश्वासअनुसार आफ्नो आँखाले देखेको कुरो मात्रै पत्याउनु पर्छ ! जे होस्, यस्तो किन भयो त ? उता राई जातिवालाहरूकै संस्थाका अर्का पूर्व महासचिव चन्द्रविक्रम राई ज्यु पनि अहिले आएर आफूलाई बुङलावा भन्नु हुन्छ अरे ! स्मरणीय छ, चन्द्रविक्रम राई ज्युले २०६४ को माघ महिनाको पहिलो हप्ता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सङ्घीय परिषद्को बैठक बस्दै गर्दा बाहिर (पश्चिम गेटमा) कुलुङ लगायत सूचीकरणबाट वञ्चित लगभग डेढ दर्जन जातीय सङ्घ-संस्थाका अगुवाहरूको नेतृत्वमा सम्बन्धित जातिका मानिसहरूले विरोध प्रदर्शन गर्दै थियो भने, तत्कालीन संसद् भवनभित्र चाहिँ चन्द्रविक्रम राई ज्युले कुलुङ समुदायका एक जना अगुवालाई मात्रै लक्षित गरेर ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत राई छ !’ भनेर पर्चा बाँड्दै  हुनुहुन्थ्यो । सो पर्चा यो पङ्क्तिकारसँग अझै सुरक्षित छ।

जबकि आदिवासी जनजाति हुनलाई चाहिने आधार भनेको व्यक्तिको ‘नागरिकता, पासपोर्ट, जग्गा धनीपूर्जा, स्कुल, कलेज वा विश्वविद्यालय पढेको विद्यार्थी कार्ड, सर्टिफिकेट, निजामती कर्मचारी परिचयपत्र, पेन्सन पट्टा, वृद्घभत्ता कार्ड, ड्राइभिङ लाइसेन्स आदि नभएर उसको जातिगत उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, अरूको भन्दा फरक मातृभाषा, फरक भेषभुषा, फरक संस्कार, संस्कृति, फरक  रहनसहन, मौलिक धर्म, चाडबाड, परम्परागत कानुन, परम्परागत मूल्य-मान्यता, हामी भन्ने भावना, भेदभावरहित समाज आदि हो भन्ने त माथि नै धेरै ठाउँमा प्रसङ्गवश उल्लेख भई सकेको छ।

जहाँसम्म राई जातिको सवाल छ, जसले, जसरी र जति पटक ‘अकबरी सुनले जलप’ लगाउन खोजेर राई  जाति नै हो भनेर प्रमाणित गर्न खोजे तापनि राई भनेको जात वा जाति हुँदै होइन । स्थानीय स्तरको राजासरह जनाउने शब्द मात्रै हो, पदवी मात्रै हो, पगरी मात्रै थियो/हो, ‘-राई शब्द ।’ जुन शब्दका बारेमा माथि नै धेरै पटक गन्थन-मन्थन गरिएको छ, धेरै पटक, धेरै कोणबाट उदाहरणहरू दिइएको छ कि, ‘राई’/‘राई’ शब्दको व्युत्पत्ति ‘राया’/‘राय’ हो र, नेपालमा पहिलो पटक कर्णाली प्रदेशमा यो शब्द ‘राजा’ भन्ने अर्थमा प्रयोग भएको भन्ने इतिहासकारहरूको भनाइ रहेको छ। त्यस्तै नेपालको पूर्वी भेगमा सबैभन्दा पछि विसं २०५०/०५१ मा सङ्खुवासभा जिल्लामा भूमिसुधार ऐन पूर्ण रूपमा लागू भएको हो। जहाँ ‘पाँचखपन’, ‘पाँच मझिया’ र ‘दश मझिया’ क्षेत्रहरू थिए भने, ती क्षेत्रमा दुर्गामणि देवानले पनि आफ्नो असली अर्थात् तालुकदार/जिम्मावाल राई बाबुको मृत्युपछि ‘राई !’ पदवी/पगरी चलाउनु भएको थियो। दुर्गामणि देवान हाल ललितपुर जिल्लाको भैसेपाटीमा बस्नु हुन्छ । त्यसैले राई जातिवादी कामरेडहरुले एक पटक उहाँलाई प्रत्यक्ष भेटेर राई के हो, को हो ? भन्ने बारेमा सोधखोज गरे राम्रो हुन्छ।

फेरि पनि भन्नु पर्दा राईवादी कामरेडहरुले भने जस्तै ‘एक जाति राई, २८ भाषी राई’ नै हो भने तपाईँहरूले त्यसरी म ‘एक जाति राई हुँ तर, मेरो २८ वटा भाषा छ भनेर खररर... २८ वटा भाषामा बोल्न सक्ने कोही माईकालाल राई !’ देखाउन सक्नु हुनुहुन्छ ? यो प्रश्न मैले नेपालमा भाषा विज्ञानमा डाक्टर गरेका र नामको अगाडि प्रा., डा., प्राडा आदिको फुर्को झुन्ड्याउनेहरूलाई विगतदेखि नै धेरै पटक सोधेको छु, सोध्दै आएको छु । तर, कसैले पनि अहिलेसम्म त्यसरी ‘म एक जाति राई हुँ तर, मेरो २८ वटा भाषा छ भनेर खररर... २८ वटा भाषामा बोल्न सक्ने कोही राई भेटेको छु, वा देखाउन सक्छु !’ भनेर दाबी गर्नु भएको छैन।

अन्त्यमा जो राईवादी कामरेडहरु हुनुहुन्छ, तपाईँहरूले राई जाति वा समुदाय हुने आधारहरू जस्तै ऐतिहासिक भूमि, अरूको भन्दा छुट्टै मातृभाषा, छुट्टै भेषभुषा, पुर्खाहरूको उत्पत्तिको इतिहास, वंश-परम्परा, परम्परागत कानुन, परम्परागत चालचलन, रीतिथिति, हामी भन्ने भावना, चाडपर्व, संस्कार, संस्कृति, रहनसहन, गरगहना आदि देखाउनुहोस् बस् ! चुरो कुरो यही सकिन्छ।

अन्यथा भन्ने र लेख्ने वेलामा आफ्नो नामको अगाडि प्रा., डा., प्राडा, इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, भाषाविद्, मुन्धुमविद् (हामी कुलुङहरु मुन्धुमलाई ‘रीदूम’ भन्छौँ ।), विश्लेषक, लेखक, जान्ने-सुन्ने-बुझ्ने (अति जान्ने सुन्ने, बुभ्mने/अजासुबु !), भूतपूर्व मन्त्री, भूपू सांसद, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, गायक, कलाकार, चित्रकार आदि भनी भन्ने, लेख्ने तर लेख्ने, बोल्ने, भाषण गर्ने अन्तर्वार्ता दिने क्रममा राई के-कति कारणले जात हो ? अथवा जाति हो ? प्रस्ट्याएर कहिल्यै अन्तर्वार्ता नदिने, नबोल्ने, भाषण नगर्ने, प्रशिक्षण नदिने वा लेख नलेख्ने, फिचर नलेख्ने । यस्तो पनि कहीँ हुन्छ ? यसो गर्दा त उल्टै तपाईँहरूको विज्ञताको खिल्ली उडेन र ? खालि ‘२८ भाषी राई, एक जात राई !’ भनेर एकपाखे ढङ्गले अन्तर्वार्ता दिएको, बोलेको, भाषण गरेको वा लेख लेखेको, फिचर लेखेको छ । हैट, ....

त्यो वेला (हाल बन्द भएको छ।) नेपाल सरकार/तत्कालीन श्री ५ को सरकार, दातृ निकाय, अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ-संस्था, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिबाट कसले धेरै अमेरिकी डलर, ब्रिटिस पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, फ्रैन्क, भाट, रेन्मिबी, रिंगेट, रुपैयाँ, पैसा खायो ? ‘एक जाति राई, २८ भाषी राई !’ भन्नेहरूको संस्था ‘राई यायोक्खा’ र तिनका हर्ताकर्ताहरूले कि ? ‘राई जात वा जाति होइन, पद वा पगरी मात्रै हो, त्यसैले हामी हाम्रो टाउकाबाट राईको सिङको भारी ! लाई फाल्छौँ !!’ भनी विगत २१/२२ वर्षदेखि गाँठो देखिने पाइन्ट र चप्पल लगाएर र, चिया-बिस्कुटसमेत सगोलमा पैसा उठाएर खाएर वा त्यति पनि गर्न नसक्दा पानी मात्रै खाएर पनि खटेका कुलुङ लगायत अन्य किरातीहरुले ? अब सोबारे गलफत्ती गरी रहनु भन्दा छानबिन गर्नका लागि एक स्वतन्त्र आयोग नै गठन गरौँ । त्यसो त कतिपय कुलुङका अगुवाहरूले आफ्नो हुँदा खाँदाको जागिर नै छाडेर लाग्नु भएको छ, जागिर खाँदा बचत गरेको पैसाले जोडेको घडेरीसमेत बेचेर पनि लागिरहनु भएको छ भने, कतिपय अवस्थामा कुलुङ समुदायमा एकएक रुपैयाँ चन्दा सङ्कलन गर्ने गरेका छौँ ।

त्यसैले साँच्चै अमेरिकी डलर, पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, फ्रैन्क, भाट, रेन्मिबी, रिंगेट, रुपैयाँ, पैसा आदि कसले खायो ? ‘एक जाति राई, २८ भाषी राई !’ भन्दै नेपालका अन्य जाति वा समुदायसरह अलग्गै जातीय अस्तित्व भएका किराँती जातिहरू (खास गरी १६ खम्बुका सन्तान) लाई ‘एक जाति राई, २८ भाषी राई !’ भन्दै अलमलमा पारेर र, राईकरणको मारमा पारेर/घानमा हालेर राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरूले खाए कि ?, ‘राई जात वा जाति होइन, पद वा पगरी मात्रै हो, त्यसैले हामी हाम्रो टाउकाबाट राईको सिङको भारी ! लाई फाल्छौँ !!’ भनेर विगत २१/२२ वर्ष (विसं २०७५/०५८) देखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लगाएर र, पाँच तारे होटेलमा कुखुरोको साँप्रा र पुलाऊ हसुर्नूको सट्टा चिया-बिस्कुट खाएर वा त्यति पनि खानपिनको पनि व्यवस्थापन गर्न नसक्दा पानी मात्रै खाएर वा भोक भोकै पनि सङ्घर्ष गरी रहेका कुलुङहरुले खाए ? यस बारेमा छानबिन गर्नका लागि फेरि पनि ‘एक स्वतन्त्र र निष्पक्ष आयोग नै गठन गरौँ !’ भनी म हार्दिक अनुरोध गर्दछु । अन्यथा अप्रत्यक्ष रूपमा आफ्नो व्यक्तिगत तुष मेट्ने माध्यम वा आधार नबनाऊँ “कुलुङ समुदाय, कुलुङ समुदायका अगुवा र, जातीय स्वपहिचानका लागि लडी रहेका अन्य किराँती समुदायका अगुवाहरूलाई ।”

बरु, कथित राई जातिको संस्था भनिने राई यायोक्खाका हर्ताकर्ताहरूले विगतमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले कुलुङ जातिको संस्थालाई दिन खोजेको/दिएको केही रकम पनि राजनीतिक पहुँच र भीड देखाएर रोकेको र एक-दुई पटक त कुलुङका लागि आएको पैसा उक्त संस्था आफैँले लगेको इतिहास पनि छ । सो रेकर्ड हामीले सुरक्षित राखेका छौँ । सायद सो रकमको भौचर प्रतिष्ठानमा अझै पनि सुरक्षित नै होला। प्रतिष्ठानका धेरैजसो कर्मचारीहरू हाल रिटार्यड भए तापनि केही अझै पनि प्रतिष्ठानमै कार्यरत रहेका छन् । त्यसो त रिटार्यड भएका कर्मचारीहरू पनि कठमाण्डौमै छन्, उनीहरूलाई पनि सोध्न सकिन्छ, मेरो कुरो गलत लागेमा।

थप जानकारी : ९८४९८५९९७, ९८६९५२४०२५

ninmakirat123@gmail.com

ninam-kulung-mangale

fulbari-pana-5

राई जात नभएर नेवारलाई साहूजी, ठकुरीलाई बाबुसाहेव, क्षेत्रीलाई काजी लिम्बु र थकालीलाई सुब्बा आदि पद दिएझै राई पनि किराँतीहरुले पाएको पद हो भन्ने आशय रहेको पेज। डोरबहादुर विष्टको सबै जातको फुलबारीको पाना नं.५

pana-9

...किपट प्रथा हट्दा राईहरु नै खुसी भएको... भन्ने प्रसंग भएको डोरबहादुर विष्टको सबै जातको फुलबारीको पाना नम्बर ९