'घर आँगन होस् या सडक किनारा, रोपि स्वदेशी फुल बिरुवा बनाऔं प्रदेश हराभरा' भन्ने मुल नाराका साथ ‘प्रदेश १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला’ धरानमा (भोली) बुधबारदेखी सुरु हुदैछ ।

फ्लोरिकल्चर एशोसिएन नेपाल सुनसरीको आयोजनामा चौथो संस्करणको पुष्प व्यापार मेला  फागुन ४ गतेससम्म सञ्चालन हुने भएको हो । एशोसिएसन सुनसरीको तथ्याङक अनुसार प्रदेश १ मा ६५ भन्दा बढी पुष्प नर्सरी रहेको र बार्षिक १३ करोड बढीको कारोबार हुने गरेको छ । स्थानीय स्तरमा उत्पादीत फुललाई प्रबद्र्धन गर्ने उद्देश्यले २०७३ सालबाट पुष्प व्यापार मेलाको सुरु गरिएको हो । एशोसिएसनले धरानमा उत्कृष्ठ घर, उत्कृष्ठ टोल र उत्कृष्ठ वडा घोषित गर्ने कार्यक्रमलाई यसपटक पनि समेटेको छ । धरान-१२ स्थित अमान बजारमा लगाउदै आएको मेला यस पटक पब्लिक माविको खेल मैदानमा लगाइदैछ । मेलाको तयारीको विषयमा केन्द्रीत रहेर कपुरीन्यूजको लागि बसन्त बान्तवा राईले मेला संयोजक कल्पना लिम्बुसंग गरिएको कुराकानी :

पुष्प प्रदर्शनी मेलाको तयारी कस्तो भइरहेको छ ?

उत्तर :  मेलाको तयारी तिब्र रुपमा भइरहेको छ । स्टलहरुको निर्माण कार्य हुदैछ । ५२ वटा स्टल तयारी भइसकेको छ । व्यावसायि साथीहरुले आ-आफ्नो स्टलमा फुलहरु सजाउने काम भइरहेको छ । केन्द्रबाट पनि हाम्रा अतिथीहरु ज्यूहरु आइसक्नु भएको छ ।

प्रचार–प्रसार कस्तो भइरहेको छ ?

उत्तर : मेलाको प्रचार प्रसार हामीले विभिन्न मिडियामार्फत गरिरहेका छौं । प्रदेश १ भरी हामीले प्रचार प्रसारलाई तिब्र रुपमा जारी राखेका छौं ।

मेलामा कहाँ–कहाँबाट कृषक तथा व्यावसायिहरुको सहभागी हुन्छ ?

उत्तर : मेलामा सुनसरी, झापा, मोरङ, र उदयपुरको लाहानबाट पुष्प व्यावसायिहरु आफ्नो व्यावसाय सहित आउदै हुनुहुन्छ । विभिन्न जिल्लाबाट फुल कृषकहरु मेला अवलोकन गर्नकै लागि पनि आउने भन्नुभएको छ ।

प्रदर्शनीमा कति प्रजातीका फुलहरु राखिन्छ ?

उत्तर : मेलामा मौसमि तथा बेमौसमी फुलका विरुवा, इन्डोर, फार्म गरी करिब ५ सय प्रजातीका फुलहरु प्रदर्शनीमा राखिन्छ । हिमाली भेगमा पाइने हर्ब प्लान्टहरु पनि राख्छौं । त्यसैगरी, मुख्य आकर्षणको रुपमा नेपालमा उत्पादन गरिएको ‘सेरामिक गमला’ पनि राख्दै छौं । हामीले यस पटक ग्राहकहरुलाई ड्रागन फुड्स चखाउदैछौं । मानिसको स्वास्थ्यको लागि धेरै राम्रो ड्रागन फुड्सको प्रबद्र्धन गर्न लागि राखेका छौं । ग्राहकको लागि अन्य विभिन्न नयाँनयाँ आइटम पनि छन् । मेलामा बिउविजन, कृषि औजार, उपकरण, कम्पोष्ट मल र कृषिमा प्रयोग हुने विभिन्न विषादीहरुको प्रदर्शनी तथा विक्री कक्ष रहने छ ।

प्रदर्शनीमा प्रति गोटा फुल कति रुपैयाँसम्मको पाइन्छ ?

उत्तर : प्रदर्शनीमा मौसमि फुल प्रतिगोटा १५ रुपैयाँदेखी १५० रुपैयाँसम्म पर्छ । हाम्रो बोनसाई भन्ने चै महंगो मुल्य पर्छ, त्यो चै ५० हजारदेखी डेढ लाख लाखसम्म पर्छ ।

flower-mela

पुष्प प्रदर्शनी मेलाको पहिलो, दोस्रो, तेस्रो हुदै यस पटक चौथो संस्करणसम्म आइपुग्नु भयो किन आयोजना गर्नुपर्यो ?

उत्तर :  निकै राम्रो प्रश्न गर्नुभयो । भन्दा बास्तवमा भन्नुपर्दा चै यो प्रदर्शनी गर्दा हामीलाई खासै फाइदा छैन । जस्तो मैले यहाँ स्टल राख्दा मेरो ६० हजार भन्दा बढी खर्च हुन्छ । मेला अवधिभर एक डेढ लाखको कारोबार त होला तर त्यसले मलाई केही फाइदा हुदैन । किन कि स्टाफ राख्नुपर्यो । आउने जाने , झन्झट छ नी हैन ।

तर, यो प्रदर्शनीले सबैमा जनचेतना फैल्याउन सजिलो हुन्छ । मानिसहरुमा घर-घरमा फुल रोप्नु पर्छ भन्ने सन्देश जान्छ । व्यावसायिहरुबीच एक अर्कामा आात्मियता बढ्छ । प्रतिस्पर्धा हुन्छ । किसानहरुमा नयाँ-नयाँ ज्ञान प्राप्त हुन्छ । यसले हामीलाई प्रत्यक्ष रुपमा सहयोग पुगिराखेको हुन्छ । त्यसैले हामीले पुष्प मेलालाई निरन्तरता दिदै आएका छौं 

प्रदर्शन अवधिभर कतिको कारोबार गर्ने लक्ष्य छ ? अवलोकनकर्ता कति आउला ?

उत्तर :  मेला अवधिभर ६० लाखको कारोबार हुन्छ भन्ने अनुमान छ । मेलाको अवलोकन चै ६० हजार जतीले गर्नुहुन्छ की ? भन्ने हाम्रो अनुमान छ ।

पुष्प प्रदर्शनी मेला तेस्रो संस्करणसम्म अमान बजारमा सञ्चालनमा भयो तर, यसपटक पब्लिक माविको खेल मैदान आयोजना गदै हुनुहुन्छ, किन ?

उत्तरः हाम्रो व्यावसायको लागि त्यहाँ ठाउँ सानो भयो अलिक फराकिलो ठाउँ चाहिएकोले हामी यसपटक पब्लिक माविको खेल मैदानलाई छानेका हौं । पहिलाको तुलानामा व्यावसायि साथीहरुको सहभागीता अलिक बढी छ । त्यसैले ठुलो ठाउँ चाहियो ।

Flower

ग्राहकहरुलाई फुल रोप्न प्रेरित गरिरहनु भएको छ  ?

उत्तर : अबश्य पनी हामी सबैलाई फुल बिरुवा रोपी शहरी सुन्दरता बढाउन एवं वातावरण जोगाउन अनुरोध गरीरहेका छौं । अब अहिले बढ्दो शहरीकरणले गर्दा बन जगंल मासिदै छ । ग्लोवल वार्मिङका कुरा आइरहेका छन् । त्यसैले स्वच्छ हावापानीको लागि हरियो परियो हेर्नकै लागि पनि फुल रोप्नुस् बोट विरुवा रोप्नुस् भन्दै आएका छौं ।

प्रदेश १ मा पुष्प व्यावसायिहरुको अवस्था चै कस्तो छ ? राज्यबाट कतिको सहयोग पाउनु भएको छ ?

उत्तर : पुष्प व्यावसायिहरुको अवस्था अहिलेसम्म पनि नाजुकै छ । आफै ऋण खोज्यो फुल लगायो । यस्तै छ अवस्था । एउटा नर्सरीले ८ देखी १० जनासम्मलाई रोजगारीको सिर्जना गरेको छ । तर, हाम्रो व्यावसाय चै सुरक्षित भने खासै छैन । बैंकमा ऋण माग्न जादा दिदैन । हामीलाई त तपाईहरु कृषिमा पनि पर्नुहुन्न । तरकारी जस्तो फुल खान पनि मिल्दैन । कसरी ऋण दिन ? भन्दै उल्टै प्रश्न गर्छन ।

राज्यबाट अनुदान पाउनु भएको छ ?

उत्तर : राज्यबाट झन केही पनि पाएका छैनौं । राज्यले त हामी पुष्प व्यावसायिहरुलाई बेवास्ता गरेको छ ।

तपाइहरुले पनि राज्यलाई कर तिर्नुभएको छ हैन र ?

उत्तर : हो  राज्यलाई कर तिरिराखेका छौं  तर पनि हामीलाई केही अनुदान पाएका छैनौं । राज्यले कृषकलाई अनुदान दिने व्यावस्था गरेको भन्ने त सुनिन्छ तर हामीले पाएका छैनौं । अब हामीलाई फुल खेती गर्न कति गाह्रो छ नी । हाइव्रिटका बोट विरुवाहरु हुन्छन् । विभिन्न रोग किरा लाग्छ । हावा हुण्डरी आउछ फुलका विरुवा मर्छन् इन्स्यूरेन्स पनि छैन, अनि कसरी व्यावसाय गर्ने ?

flower-exibition

अन्त्यमा के भन्नु हुन्छ ?

उत्तर : ग्राहकहरुलाई म के भन्न चाहन्छु भने हाम्रो प्रदर्शनी स्थलमा स्वदेशी उत्पादन देखी होल्याण्ड, थाइलेण्ड लगायत विभिन्न देशबाट आयात गरिएको नयाँ नयाँ आइटकमका फुलहरु उपलब्ध गराएका छौं । लानुस् तपाइहरुको घर सजाउनु्स् भन्न चाहन्छु ।