झापा : केहि बर्ष अगाडि प्रत्येकले चलाउने काठको भाडाहरु अहिले आधुनिकताको बिकाश संगै धातुका भाडाहरुले गर्दा हराउदै गएको छन् ।

केहि समय अगाडि प्रत्येक हाटबजारमा बिक्रिका लागि हुने काठका भाडाहरु आजभोलि किन्नका लागी कुनै निश्चित बजारनै धाउनु पर्छ । दुधलाई जमाएर दहि बनाइन्छ, दहिलाई बेस्मारी घोलेर महि बनाउले गरिन्छ । केहि समय अगाडि दहिलाई घोलेर महि बनाउनका लागी काठको भाडो ठेकीको प्रयोग गरिन्थ्यो । तर आजभोलि काठको ठेकीको साटो एल्मोनियमबाट बनेको ठेकीको प्रयोग गर्न थालिएको छ । यसले गरेर काठको ठेकीको व्यवसाय घट्दै गएको व्यवसायीहरुको भनाइ छ । पहिले १ दिनमा ७ देखि १० वटा सम्म बिक्रि हुने काठको ठेकीहरु अहिले बजारमा हटियाको दिन बलैले २ देखि ४ वटा सम्म बिक्रि हुने गर्दछ, तर त्यो पनि कहिले त हुदै नहुने ब्पापारी नरेश पौडेल बताउछन् । तर काठको ठेकीको व्यापारनै घटेपनि कोहि कोहिले यसको खोजि गरेर टाढादेखि पनि यसको खरिदको लागि आएको पाईन्छ ।

परापूर्बकाल देखि प्रयोग गर्दै आईरहेको, साथै काठको ठेकिमा पारेको महि मिठो रसिलो हुने भएकाले यसको खोजि गर्नेहरु कहि कतै भेटिने गरेका छन् । दमक बजारमा ठेकी खोज्दै हिडेका झापा गौरादहका लक्ष्मी अधिकारी अरु ठेकी भन्दा काठको ठेकीमा पारेको मोही साह्रै मिठो हुने भएकाले आफु काठको ठेकी खरिद गर्न बजार आएको बताउछन् । काठको ठेकी अन्य धातुको ठेकी भन्दा राम्रो, उपयोगी, स्थानीय क्षेत्रकै भएपनि अहिले यसको माग बजारमा घट्दै गएको छ । यस्तै तरीकाले हामी अन्य आयातित् धातुहरुमा  निर्भर रहने हो भने आउदो पिडीले यसको नाम मात्रै सुन्न पाउले छन् भन्दा फरक पर्दैन ।