धरान : भारतीय फुल आयातमा रोक लगेपछि यसपालिको तिहारमा स्थानीय सत्र पत्रीको मूल्य आकाशीएको छ । पूर्वी पहाडी जिल्लामा सयपत्री उत्पादनमा कमी आएपछि माग अनुसार आपूर्ति नहुँदा मूल्य वृद्धि भएको हो ।

धरान कृषि थोक बजारमा पोहोरको तिहारमा करिब ४ लाख माला सयपत्री भित्रिएको थियो । यसपाली भने ३ चोथाई घटेर १ लाख माला मात्र झर्ने अनुमान गरिएको छ । व्यवस्थापक लक्ष्मण भट्टराईले भने ‘असिना पानी, अत्याधिक वर्षा, तिहार छिटो परेको कारण सयपत्री समयमा नफुल्दा आपूर्तिमा कमी आएको हो ।’

उनका अनुसार भारतबाट फुल आयात रोकिएपछि धरानमा फूल अभाव भएको छ । धरानमा सयपत्री फूल धनकुटा, तेह्रथुम, धरानको पाँच कन्या, पान मारा, साउने, बिष्णुपादुका र मोरङको केराबारीबाट आउने गरेको छ । उक्त ठाउँहरूबाट यसपाली उत्पादन कम भएकोले आपूर्तिमा कमी आएको हो ।

FUL

बजारमा फूल खोज्नको भीड

फुल व्यापारी राजेश विकका अनुसार अहिले फूल पाउनु कठिन भएको छ । बोटमा फूल न फक्रिएको कारण बजारमा फूल नै छैन । धनकुटाको हिलमा फुल खोज्दा खोज्दा बल्ल २०० गुच्छा भेटिएको उनले बताए । बोटैमा प्रति गुच्छा १८० रुपयामा खरिद गर्नु परेको उनको भनाई छ । उनले भने ‘प्रति गुच्छा २० रुपैयाँ मात्र नाफा राखी २०० रुपयामा बिक्री गरिरहेको छु ।’

धरान–१० राँगा चोकका आशिष् विकले फूल हिलेबाट ल्याएको सयपत्री प्रति गुच्छा २ सय रुपैयाँमा बेचिरहेका थिए । रामचन्द्र चौधरीले मखमलीको माला १ सय रुपैयाँ गोटा बच्दै थिए । उनले भने ‘मखमली माला काठमाडौँबाट ल्याएको हो ।’ ५०० माला मध्ये ३०० बेचिसकेको बताउँदै उनले भने ‘सयपत्रीको फुल भन्दा मखमली केही सस्तो छ ।’

बारीमा फुल फुलेको छैन

धनकुटा महाभारतका गगा बहादुर राईले बारीको फूल ५ हजार रुपैयाँमा बिक्री गरेका बताए । उनले भने, ‘तिहार अलि छिटो परेकाले फूल फुल्न पाएन ।’ फुलको बोट बारी भरी छ तर कोपिला मात्र लागेकोले यसपाली फुल किसान भए पनि घर खर्च चलाउन थोरै फुल मात्र बेच्न पाएको उनको भनाई छ । धनकुटा तेम्बाङकी लुना कार्कीले यसपालि फुल उत्पादन नै घटेकाले फुलको मूल्य दोब्बर पुगेको बताइन ।

सयपत्रीको आपूर्ति ७५ प्रतिशत घट्यो

कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले अघिल्लो वर्षको तुलनामा यस पाली कृषि बजारमा ७५ प्रतिशत सयपत्री फुलको आपूर्ति घटेको बताए । भारतबाट फूल आयातमा रोक लागेकाले बजारमा फूलको हाहाकार बढेको उनका भनाई छ ।

भट्टराईले भने ‘इन्डियाको फुल आयात खुल्न कम्तीमा १५ दिन लाग्ने अनुमान भएकाले पनि फुलको चरम अभाव छ बजारमा ।’ फूलको अभावका कारण धरान र वरपरका बजारमा मखमली र सयपत्रीको माला गत वर्षको तुलनामा दोब्बर मूल्यमा बिक्री भइरहेको उनको भनाई छ ।

धरान बजारमा फुलको पर्खाइको

धरान–१२ चतरालाईनको न्यु कलकत्ता डेकोरेशनका फुल व्यापारी राजु भन्छन् ‘लुकाएर १ हजार माला झारेका छौ ।’ भारतीय सयपत्री भएकोले खुलेर बेच्न पाएका छैनन् । नियमित ग्राहकहरूलाई लुकाएर भने विक्री गरिरहेको उनको भनाई छ । भारतीय सयपत्री उनले प्रति माला ११०/१२० मा बेचिरहेका छन् ।

makhaali


makhamali-mala