धरान : जन–जी प्रदर्शनलाई देशको भ्रष्ट शासनले सिर्जना गरेको ‘जेनेरेसन ग्याप’को कारण नयाँ पुस्तामा उत्पन्न विद्रोहको भावना प्रकट भएको रूपमा लिनुपर्ने बुद्धिजीवीहरूले बताएका छन् । जेन–जीको नाममा भएको राष्ट्रिय विध्वंसले राजनीतिक मात्र नभएर मुलुकको आर्थिक क्षेत्र धराशायी बनाएको उनीहरूको भनाई छ ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले भने ‘यो शासनमा भ्रष्टाचार बढेर दुई पिढी बिच सोचाइको अन्तरले गराएको विद्रोह हो ।’ कुनै पनि विद्रोह, आन्दोलनमा गलत लाभ लिने तत्त्वको घुसपैठ हुन्छ, त्यसैले गरेको राष्ट्रिय विध्वंसले देशको आर्थिक क्षेत्रलाई धराशायी बनाएको छ ।’

धरान विचार मञ्चद्वारा आइतबार आयोजित ‘जेनजी आन्दोलन: असर, परिणाम र मुलुकको राजनीतिक भविष्य’ विषयक छलफलमा उनले भने ‘विद्रोहपछि बढेको राजनीतिक अनिश्चिततालाई राजनीतिक दलहरूले सहज रूपमा निकाश नदिए यो शून्यताले अर्को विद्रोह हुने सम्भावना बढ्छ ।’

प्रधानले मूलकको शासन सत्तामा नेताहरू भेट्न सम्म बिचौलिया, दलाल प्रथा बढ्यो, त्यसैले भ्रष्टाचार माथि देखी तल्लो तह सम्म व्याप्त बनाएको बताए । २०६३ देखी दुई दशकमा बढेका भ्रष्ट शासनको अवधिमा हुर्केका नयाँ पुस्ताले विद्रोह बाहेक कुनै विकल्प नदेखेको उनको भनाई थियो ।

डा.खालिद हुसेन हकले वर्तमान अन्योलको निकाश दिने दायित्व राजनीतिक दलहरूकै हातमा रहेको बताए । नयाँ पुस्ताको असन्तुष्टिलाई स्वीकार गरी लोकतान्त्रिक ढङ्गले यसको निकास दिन दलहरू विचि सहमति जरुरी भएको उनको भनाई थियो ।

मञ्चका अध्यक्ष डा.आनन्द आचार्यले ‘जेन–जी विद्रोह पछि सिर्जना भएको राजनीतिक शून्यतालाई निकास दिन देशका एउटै कंक्रिट (ठोस) धारणा बनाउनु आवश्यक छ ।’ उनले आन्दोलनले ल्याएको अन्तरिम सरकारलाई सहयोग गर्दै घोषित मितिमा प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्नु नै मुलुकलाई चाँडो भन्दा चाँडो मुलुकलाई सहज निकाश दिने एक मात्र विकल्प भएको बताए ।

उनले भने ‘संविधानको रक्षा नभए मुलुक फेरी अस्थिरतामा जान्छ, संविधान देखी बाहिरको कुरा ल्याएर चुनावमा अवरोध गर्नु हुन्न ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रसङ्गमा उनले अहिले सम्म संसारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएको बताए । अहिलको मुख्य सवाल भ्रष्टाचार, कुशासनको अन्त्य मात्र भएको बताउँदै भने ‘जेन–जीको को विद्रोह त्यसैका लागि भएको र विद्रोह स्वाभाविक थियो ।’

कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले तोकिएको मितिमा चुनाव गराउन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नै पहल नगरेको आरोप लगाउँदै भने ‘चुनाव हुने सम्भावना छैन ।’ प्रधानमन्त्रीले दलहरूसँग चुनावका लागि संवाद समेत नगरेको उनले बताए ।

निर्वाचनको लागि पहिलो शर्त शान्ति सुरक्षाको हुने बताउँदै उनले शान्ति सुरक्षाको ग्यारेन्टी दिन प्रहरी सुरक्षा निकायको अहिले मनोबल घटेको छ । विध्वंस गरिएका भोैतिक पूनस्थापना भएको छैनन् । यस्तो विद्यमान अवस्थामा समयमै चुनावको आशा गर्नु कठिन कुरा भएको उनको भनाई थियो ।

नेपाली काँग्रेस सुनसरी–१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङले राजनीतिक शून्यता तोडफोड, आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाही नभएको, अराजक तत्त्वहरू खुला घुमिरहेका अवस्थामा दलहरूले सिभिल वारको पूर्सन्ध्यामा पुगेको अवस्था जस्तो देखिन्छ । रमेश बस्नेत प्रदेश सांसद । चुनाव हुने सम्भावना छैन । शान्ति सुरक्षा दिन प्रहरीको मनोबल घटेको छ । विध्वंस गरिएका भोैतिक पूनस्थापना भएको छैन ।

नेपाली काँग्रेस सुनसरी–१ का सभापति सुजेन्द्र तामाङ जेन–जीको नाममा भएको तोडफोड, लुटपाट, आगजनीका घट्नाको कारबाही नभएको बताउँदै अपराधीहरू खुल्ला हिँडिरहेको अवस्थामा राजनीतिक दलहरू संयम बनेर बसेको बताउँदै भने ‘अहिलेको अवस्था सिभिल वारको पूर्सन्ध्यामा पुगेको जस्तो देखिन्छ ।’

सुनसरी उद्योग वाणिज्य सङ्घका सभापति गोपाल श्रेष्ठ, पूर्व सभापति गौरी शङ्कर अग्रवालले आन्दोलनको नाममा भएको विध्वंसले उद्योग, व्यापारको क्षेत्रमा लगानी अनिश्ति भएको बताउँदै अनिश्चितताको निकास चाँडो हुनुपर्नेमा जोड दिए ।

प्राध्यापक अशोक झाँले धरान विचार मञ्च धरानको बौद्धिक, प्राज्ञिक धारण निर्माण गर्न स्थापना भएको बताए । कार्यक्रममा स्वागत भाषण कोषाध्यक्ष रुक्मिणी मास्केले गरेकी थिइन् । सञ्चालन महासचिव विजय श्रेष्ठले गरेका थिए । अध्यक्ष आनन्द आचार्यले मञ्च स्थापनाको अवधारण पत्र प्रस्तुत गरेका थिए ।