चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिम क्षेत्रको रुपमा रहेको छ। वर्षायाम सुरु हुन साथ सप्तकोशी नदि तथा अन्य खहरे खोलाको त्रासमा नगरवासीहरू बस्ने गर्दछन् । बिगतका घटनाहरु हेर्दा दर्जनौ पटक कोसीको बाँध फुटेर हजारौँ वराहक्षेत्रबासि प्रभावित भएका थिए भने पहिरो खस्दा वराहक्षेत्र वडा नं १ को पहाडी बस्तीमा आवतजावतको समस्या हुने गरेको छ। भरौल, चक्रघट्टि, प्रकाशपुर र मधुवनमा वर्षाको पानी निकास नहुँदा डुबान हुने र खोलाले कटान गरी जनजीविका प्रभावित पार्ने गरेको छ। खोला पुरै बस्तीमा बसेर बस्तिनै डुबाउने समेत गरेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले प्राकृतिक प्रकोपबाट हुने बिपतको व्यवस्थापनका लागि पुर्ब तयारी सुरु गरेको छ। वर्षाको समय नजिकिएसँगै नगरपालिकाले प्रकोप व्यवस्थापनको लागि काम सुरु गरेको हो । सोमवार नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा वडाध्यक्ष सहित सरोकारवालासँग छलफल कार्यक्रम गरी  प्राकृतिक प्रकोपबाट हुने बिपत न्यूनीकरण गर्ने तयारी थालिएको छ। 
छलफलबाट नगरपालिकामा रहेको सम्भावित बिपत जोखिमका क्षेत्रको पहिचान गरिएको नगर प्रमुख कार्कीले बताए । सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नगरपालिकामा रहेको स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने निर्णय भएको छ। थुनिएका ढल, नाला, पैनी, खोल्सीहरूलाई सफाइ गर्ने र कार्यालय परिसर भित्र तथा बाहिर रहेका सुकेका रुखलाई पन्छाउन डिभिजन वन कार्यालय सुनसरीलाई अनुरोध गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले बताए । गिरिका अनुसार दैविक प्रकोप कोष र प्रधानमन्त्री स्वरोजगार कोषलाई परिचालन समेत गरिने बताए ।
भैपरि आउने प्राकृतिक प्रकोपको ब्यस्थापन गर्ने तथा प्रकोप सम्बन्धी विषयको जनचेतना मूलक कार्यक्रम गरिने नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्र नगरपालिका विपद्को उच्च जोखिममा रहेकाले वडाबाट समेत विपद् ब्यस्थापन सम्बन्धी तालिम दिने र सम्पूर्ण नगरबासिहरुलाई जनचेतनामूलक कार्यक्रम गर्ने योजना समेत रहेको बताए ।
बिपदको समयमा चाहिने साम्राग्रिहरु सम्पूर्ण जोगाड, बिपदको समय र विपद् पश्चात् गरिने सम्पूर्ण तयारीको बारेमा सचेतनाका कार्यक्रम ल्याउने नगर प्रमुख कार्कीले बताए। विपद्को समयमा खाधान्न, औषधि, लत्ताकपडाको पनि ब्यस्थापन गर्ने र विपद्को समयमा हुने जोखिम, खोज उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, लायन्स, जेसीज, उद्योग वाणिज्य जस्ता संस्थाहरूसँग सहकार्य गरेर बिपद ब्यस्थापन गरिने बताए । नगरपालिको सभा हलमा आयोजना भएको बैठकमा वडाध्यक्षहरू तथा सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बोलेका थिए । 
वडा नं १ का अध्यक्ष किसन मगरले वडामा रहेको पहाडी क्षेत्रमा पहिरो जाने समस्या रहेको बताए। पहिरोले आवत जावतमा समस्या हुने गरेको वडाध्यक्ष मगरले बताए । वडामा रहेको बाघ खोला, पटनाली खोला, छिन्नमस्ता खोलाको त्रासमा स्थानीय रहेको वडाध्यक्ष मगरले बताए । वडा नं २ का वडाध्यक्ष होमप्रसाद गौतमले कोसी किनारमा रहेका बस्तीहरू कटानको त्रासमा बस्नु पर्ने बाध्यता रहेको बताए । वडा भित्र रहेको खोलाको कटानमा वडावासी बस्नु परेको बताए । त्यस्तै वडा नं ३ का वडाध्यक्ष राजदिप लामाले सर्दु खोला, गहने खोलाको त्रासमा वडावासी रहेको बताए । वर्षाको पानी निकास नहुँदा बस्तीहरू डुबानमा पर्ने गरेको बताए । 
वडा नं ४ का वडाध्यक्ष आशराम चौधरीले पनि खोला कटान र बस्ती डुबानको समस्या रहेको बताए। वडा नं ६ का वडाध्यक्ष उद्भवप्रसाद पोखरेल कोसी कटानले कोसीपारिको जनता त्रासमा रहेको बताए । हरेक वर्ष कोसीले कटान गर्ने गरेको र चक्रघट्टिमा आउने पानीको निकास नहुँदा बजार डुबान हुने गरेको बताए। वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यले क्याम्पा जङ्गलबाट आउने पानीको निकास गर्नु बताए । नाला सफा गर्ने र व्यवस्थित बनाउनु पर्नेमा उनले जोड दिए । 
त्यस्तै वडा नं ८ का वडाध्यक्ष रोशन खड्काले पानीको निकास नहुँदा डुबान हुने गरेको बताए । खोलाले कटान गर्ने समस्या वडामा रहेको बताए । वडा नं १० का वडाध्यक्ष तेजबहादुर गुरुङले वडामा रहेको बाहुनी खोलाले वडावासीलाई सताउने गरेको बताए । कोसीको त्रास र साना खोलाले गर्ने क्षति वडामा हुने गरेको बताए भने वडा नं ११ का वडाध्यक्ष कृष्णकुमार महतोले वडामा पानीको निकासको समस्या रहेको बताए ।
बैठकमा नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगरका सचिव रमेश घिमिरेले वराहक्षेत्र ९ र १० मा कोसी बेशिन कार्यक्रमले स्थानीयलाई जनचेतना मूलक कार्यक्रम देखि सुरक्षित स्थानको छनोट र सूचना प्रविधिबारे जनचेतना दिई रहेको बताए । रेडक्रससँग खोज उद्धार टोलि नभएकाले सेना र प्रहरीसँग समन्वय गरेर रेडक्रसले विपद् ब्यावस्थापनको लागि काम गर्ने बताए । हरेक उप शाखासँग १० परिवारलाई पुग्ने खाधान्न र एक सेट लत्ताकपडा स्टक रहेको तथा थप साम्रागि चाहिए क्षेत्रिय कार्यालयबाट ल्याउन सकिने  जानकारी दिए । रेडक्रसले नेपाल सरकार र जिल्ला प्रकोप समितिसँग समन्वय गरेर काम गर्ने घिमिरे बताए ।
सशस्त्र प्रहरी बल बेसक्याम्प चतराका इन्चार्ज निगम राईले प्रकोप व्यवस्थापन कालागि सशस्त्र तयारीका रहेको बताए । खोज उद्दार टोलि, एक्सन टोली तयारीमा रहेको बताए । सशस्त्रसँग बिपद ब्यावस्थापनको लागि ड्रिम तालिम गरेको टोलि पनि रहेको उनले जानकारी दिए । खोज उद्दारकालागि लाइफ ज्याकेट २७ थान, हेलमेट ३ थान, टियु २ थान, बेल्चा ११ थान, बाल्टिन २ थान, पिक १ थान र गल १ थान रहेको बताए । यदि ठुलो प्रकोप आए जिल्ला र क्षेत्रलाई जानकारी गराई थल जनशक्ति लगाएर सशस्त्रले विपद् ब्यस्थापन गर्ने बताए ।