इटहरी : छठ पर्व २०८२ भव्यताका साथ सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सुरु भएको छठ सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो ।

षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिने कार्य छठको सबैभन्दा महत्त्वपूर्ण र आकर्षक मानिन्छ । छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी ‘नहाय–खाय’ को कर्म गरेका हुन् ।

दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर खान्छन् जसलाई ‘खरना’ भन्ने चलन छ । 

मुख्यतः सूर्यको उपासना गरिने यस पर्वमा तलाउ, नदी वा पोखरीमा बसेर अर्घ दिने चलन छ । छठ पर्वको लागि विभिन्न खोला तथा पोखरीहरू सजाइएका छन् । छठ पर्व आयोजना गर्ने विभिन्न समिति गठन गरेर भव्यताका साथ पर्व मनाउने गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने र सन्तान लाभको विश्वास गरिन्छ । मधेसी समुदायमा मात्र मनाइने छठ अहिले अन्य समुदायले समेत हर्सौल्लासका साथ मनाउन थालेका छन् ।

सुनसरीको बुढीखोला, सुनसरी खोला र सप्तकोसी नदिमा छठका घाटहरू निर्माण गरिएका थिए । मुख्य रूपमा मधेसको मैथिली समुदायले यसलाई आफ्नो महत्त्वपूर्ण चाडको रूपमा लिने गरेको छ ।

chhat-gachhiya