चतरा : सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको पश्चिम भूभागमा तीव्र कटान गर्न सुरु गरेको छ । 

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलङ्का टापुमा कटान सुरु गर्ने थाल्नेको स्थानीयहरू बताउँछन् ।

कोसी सम्झौता अनुसार भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा टापु क्षेत्रमा बाढीले बर्षेनी हजारौँ बिघा जमिन कटान गर्ने गर्दछ । सप्तकोसीको बाढीले जमिन कटान गर्दा श्रीलङ्का टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् ।

सप्तकोसीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय सन्तोष चन्द्रवंशीले बताए । कटान नियन्त्रण गरी बस्ती संरक्षण गरी दिनु पर्ने स्थानीयहरूको माग छ ।

पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ती जोगाउनै समस्या पर्न थालेको स्थानीयहरू बताउँछन् । भारतको बिहार सरकारले पूर्वीमा तटबन्ध च्यानल निर्माणको काम गरेपछि कोसीले पश्चिमतर्फ धार परिवर्तन गरेको स्थानीयको आरोप छ ।

सप्तकोसीको बाढीले पश्चिमतर्फको भू–भाग कटानले २ वर्षमा श्रीलङ्का टप्पुका २ हजार ५ सय बिघा खेतीयोग्य जमिन गुमाउनु परेको छ । भने १ सय भन्दा बढी परिवार र एउटा विद्यालय विस्थापित भएको छ । तत्काल कोसी कटान नियन्त्रणको काम थाल्न स्थानीयहरूको सरकार सँग माग छ । हरेक वर्षाको समयमा ६÷७ किलोमिटर मिटर कोसीले पूर्वबाट कटान गरे पछि स्थानीयहरूले सप्तकोसी कटान नियन्त्रण सङ्घर्ष समिति नै गठन गरेका छन् । 

Sirlanka-Tappu

शनिवार कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्ने नगर प्रमुख रमेश कार्की श्रीलङ्का टप्पु पुगेका छन् । नगर प्रमुख कार्की सहित प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरि, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोखरेल , इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी टिकाबहादुर कार्की सहित जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

स्थलगत निरीक्षण गरेका नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल योजना बनाएर काम गर्ने बताए । नगरपालिकाले प्रदेश सरकार , केन्द्रीय सरकार र बिहार सरकारलाई कोसी कटान नियन्त्रणका लागि आग्रह गर्ने नगर प्रमुख कार्कीले बताए । स्थानीयवासीको आवश्यकतालाई पूरा गर्ने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले कोसी कटानको समस्यालाई नगर स्तरीय प्रकोप व्यवस्थापनबाट काम गर्ने बताए । दीर्घकालीन रूपमा समस्या समाधान गर्ने माथिल्लो निकायमा माग गर्ने बताए । सप्तकोसी नदिले  कटान गर्दा घर सारेको सारै गर्नु पर्ने बाध्यले स्थानिय पूर्व जनप्रतिनिधि समेत रहेका श्याम लिम्बू बताउँछन् । कोसी कटानका कारण गाँस, बास र जनधनको क्षति गरिरहेको स्थानीय उनको भनाइ छ ।

कोसी कटानको त्रासमा स्थानीय रहेकाले नगरपालिका र माथिल्लो निकायले कटान नियन्त्रण गर्नु आवश्यक रहेको वराहक्षेत्र – ६ का वडाध्यक्ष उद्भवप्रसाद पोखरेलले बताए ।  लालभित्तिबाट बग्ने कोसी नदिले बि.सं. २०३८÷०३९ साल तिर धार परिवर्तन गरेपछि उक्त श्रीलङ्का टप्पु बनेको थियो । सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।

Sirlanka-Tappu-2