धरान :  भोजपुर बहुमुखी क्याम्पसले प्रकाशित गरेको सूचना त्रुटिलाई लिएर क्याम्पस प्रमुखको क्षमता माथि प्रश्न उठाउँदै राजीनामा समेत मागिएको छ । फेसबुकमा उठेको विवादमा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईको पनि चासो प्रकट गरेकी छन् ।
क्यापस प्रमुख राई राज्यमन्त्री सृजना राईको श्रीमान हुन । श्रीमान भएकै कारण समेत राज्यमन्त्री राईले क्यापस प्रमुख राईलाई जोगाउन खोजेका हुन भन्ने आशंका रहेको छ । 
असोज ४ गते शुक्रवार प्रकाशित पठन पाठन सम्बन्धी सूचना त्रुटिपूर्ण देखिएपछि व्याकरणको त्रुटि मात्र नभएर क्याम्पस प्रमुख भोलानाथ राईको लापरबाही भएको आरोप लगाइएको हो ।
सूचनामा भएको त्रुटि औँल्याउँदै साबिक तामाङले सामाजिक सञ्जालमा टिप्पणी गरेपछि अहिले भाइरल भएको छ । ३३ शब्दको सूचनामा ११ शब्द अशुद्ध भएपछि सूचना दिन खोजिएको सन्देश नै स्पष्ट बुझिँदैन भनिएको छ ।
त्यस्तो त्रुटिपूर्ण लेखाई देख्दा देख्दै सूचनामा हस्ताक्षर गरी जारी गरिएकामा विद्यार्थीहरूले क्याम्पस प्रमुख राईले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । स्ववियु सचिव सोविन राईले भने ‘क्याम्पस प्राज्ञिक थलो हो, क्याम्पस प्रमुखले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ।’
नेविसंघका सभापति अशोक कुमार कार्कीले विद्यार्थीले परीक्षामा त्यति त्रुटि गर्दा फेल हुने बताउँदै भने ‘कम्तीमा सूचना जारी गर्नु पूर्व क्याम्पस प्रमुखले हस्ताक्षर गर्दा एक पटक राम्रोसँग हेरेर सच्याउनु पर्थ्यो ।’
क्याम्पस प्रमुख भुलानाथ राईले सूचना जारी गर्न हस्ताक्षर गराउँदा आफू बैठकमा भएकाले हतारमा नहेरीकन सही गरेको बताए । उनले भने, ‘कर्मचारीले तयार गरेको हो, म मिटिङमा थिए हतारमा हस्ताक्षर गरिदिएँ ।’
त्रुटिपूर्ण सूचना तयारी गर्नेको खोजी हुँदा उक्त सूचना कर्मचारी विष्णु कुमारीले राईले तयार गरेकी बुझिएको छ । 
  क्याम्पस प्रमुख राईले पूर्व क्याम्पस प्रमुख पर्वत कुमार राईलाई दोष दिएर आफू पन्छिन खोजेका छन । त्यसैले कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईको ध्यानाकर्षण भएको देखिएको छ । उनले फेसबुकमा भोजपुर बहुमुखी क्यापसको बारेमा फेसबुकमा ट्रोल नै बनाउनु पर्ने सुहाउँदो विषय आफूले नपाएको बताएकी छन् । भनेकी छन् ‘बरु लामो समय देखि कुण्ठित रही जकडिएको आवाज बोलेको मात्रै पाएको छु ।’
क्याम्पस प्रमुख राईले फेसबुकमा सूचनाको गुणस्तरमा देखिएको समस्याको जिम्मेवार क्याम्पस प्रमुखलाई बनाउने प्रयास गरिएको बारेमा भनेका छन् ‘सबै पत्र तथा सूचनाहरू सम्बन्धित फाटका कर्मचारीहरूले तयार गर्दछन्, त्यसरी तयार भएका सूचनाहरूमा क्याम्पस प्रमुखले सही गर्ने गरिन्छ ।’सही गर्दा कहिले कहीँ हतार छ भने नपढी पनि सही गर्नुपर्ने हुन्छ । हिजो ठ्याक्कै त्यही भयो।
एक पटक झट्ट हेर्दा पेट बोलीमा गल्ती टाइप देखिएकोले सच्याउन भनियो र सच्चियो पनि तर विषयमा उहीँ कायम भएछ । जुन कुरा टाईपिस्टले सच्चाउनु पर्थ्यो ।
उनले भनेका छन् ‘यी सबै समस्याको मुख्य दोष भनेको विगतमा कर्मचारी नियुक्त गर्दा तत्कालीन क्याम्पस प्रमुखहरूले प्रतिस्पर्धाबाट नभै आफूखुसी भागबन्डामा नियुक्ति प्रक्रिया अपनाउनु हो ।’