धरान : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले द्रुतगतिमा विकास हुँदै गएको प्रविधि र प्राविधिकहरूसँग सरकार जोडिए देशले चाडै विकासको फड्को मार्न सम्भव हुने बताएकी छन् ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस आयोजित ३ दिने राष्ट्रिय प्राविधिक महोत्सवको आज शुक्रवार समुद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले ईन्जीयरीङ अध्ययन गरिरहेका विद्यार्थीहरूले आविष्कार गरेको प्राविधिक उपकरणसँग सरकार प्रत्यक्ष रूपमा जोडिएर काम गरे देश समृद्ध हुने बत्ताइन् ।
उनले भनिन ‘प्राविधिक अध्ययन गरिरहेका विद्यार्थीसँग राज्य जोडिन आवश्यक छ ।’ राज्य प्रविधिमा जोडिएसँगै प्रविधिसँगै किसानहरू जोडिएसँगै कृषि उत्पादन बढाउन सहज हुने बत्ताइन । प्राविधिक विद्यार्थीहरूले निर्माण गरेको उपकरण किसान सँग जोडिए स्थानीय सरकार र प्रदेश सरकार र संघयि सरकारको राजश्वमा वृद्धि हुने बत्ताइन ।
उनले स्थानीय सरकार र प्रदेश सरकारले विद्यार्थीहरूलाई बजेट उपलब्ध गराई उनीहरूको सृजनशीलतालाई सघाएर ऊर्जावान् र क्षमता वान बनाई दक्ष प्राविधिक उत्पादन गरिनु पर्नेमा जोड दिइन् ।
पूर्व राष्ट्रपति भण्डारी भनिन ‘विद्यार्थीहरू र क्याम्पस प्रशासनको सरकारसँग समन्वयको अभाव खट्किएको छ ।’ यदि सरकारले प्राविधिक विद्यार्थीहरूसँग समन्वय गरेर कृषि र वनसँग सम्बन्धित प्रविधि सदुपयोग गरेमा देशको ३ खर्व ऋण ३ वर्ष भित्र नै तिर्न सक्ने उनले बताई ।
डेल्टा ५.० को संयोजक विवेक न्यौपानेले सङ्घीय, प्रदेश र स्थानीय सरकारले राष्ट्रिय महोत्सव छैटौंं संस्करण आई पुग्दा पनि इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको शिप र आविष्कारलाई गहिराईमा बुझ्न कोसिस नगरेको बताए ।
उनले महोत्सवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्याम्पसको पहिचान बढाउने बताए । डेल्टाले विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्दै आएको उनको भनाई थियो ।
महोत्सवमा कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट सहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनीयरिङको प्रस्तुति रहेको छ ।
महोत्सव माघ २० गते सम्म सञ्चालन हुनेछ । क्याम्पसका ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० द्वारा आयोजित महोत्सवको यसपली छैटौँ संस्करण हो ।
महोत्सवमा प्राविधिक कलेजका ९ सय जना विद्यार्थीहरूका सहभागिता रहेको छ भने प्राविधिक धारका विद्यार्थीहरूले निर्माण गरेका प्राविधिक ज्ञान सहितको ७२ वटा प्राविधिक स्टलहरू रहेका छन् ।