धरान : पूर्वी नेपालको पहाडी जिल्ला धनकुटा, तेह्रथुम र पाँचथरमा हरेक वर्ष वडा दशैको नवमीका दिन निशान निकाल्ने परम्परा छ । यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ ।

Chathar-Limbuwan-ko-Nisan-3

पूर्वमा बसोबास गर्ने लिम्बु जातिहरूले हरेक वर्ष वडा दशैको नवमीका दिन आ आफ्नो क्षेत्रमा निशान निकाली मौलो काट्ने चलन रहेको छ ।

Chathar-Limbuwan-ko-Nisan-6

पूर्वको धनकुटा जिल्ला अन्तर्गत तत्कालीन ताङ्खुवा गाविस हाल छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बुहरूसँग हात हतियार सहितको २ वटा निशान, तेह्रथुमको तत्कालीन फाक्चामारा गाविस हाल छथर गाउँपालिकाको वासिकामा खजुम लिम्बुहरूसँगै २ वटा निशान, तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बुहरू सँग २ वटा पुराना हात हतियार तोप सहितको निशान रहेको छ भने पाँचथरका योङहाङ लिम्बुहरू सँग पनि २ वटा निशान छन् । यी निशानहरू दशैको नवमीको दिन बाहिर निकाली पूजा आज गरी प्रदर्शन गर्ने गरिन्छ ।

Chathar-Limbuwan-ko-Nisan-7

धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोतघरवाट निकाली करिब डेढ किलोमिटरको दुरीमा रहेको मौलोडाडा सम्म पुर्‍याएर मौलो काटी पुन कोतघरमा पुर्‍याएर निशान लुकाउने गरिन्छ । त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरिन्छ । तेह्रथुम वासिकामा रहेको निशानलाई भने सामान्य पूजा मात्रै गरिन्छ । पाँचथरको याङरुपमा रहेको निशान भने हरेका वर्ष नवमीको दिन नचाउने गरिन्छ ।

Chathar-Limbuwan-ko-Nisan-4

लिम्बुवानमा रहेका यी यस्ता निशानहरू धेरै पुराना भएकोले यसबारेमा पछिल्लो समयमा चासो वढदै गएको छ । नेपाल राज्य एकीकरण हुनुपुर्व सेनको शासनकाल भन्दा अगाडी देखि लिम्बुहरू सँग निशान थियो । त्यसैले लिम्बुहरू लडाकु हुन् भन्ने प्रमाण निशान भएको बताइन्छ ।

Chathar-Limbuwan-ko-Nisan-2

कुनै पनि समूह सँग निशान हुनु भनेको सेना हुनुपर्छ अनि मात्रै निशान हुन्छ । बेलायतमा समेत बेलायती सेनामा टनसन छ । त्यसलाई निशान भनिन्छ । बेलायती रानीले सोलुट गर्ने गर्दछिन् । त्यस्तै लिम्बुवानको पनि पहिले आफ्नो राज्य हुँदा यी निशानहरू लिम्बु राजाहरूले टनसन जस्तै प्रयोग गरेको हुन सक्ने पूर्व ब्रिटिस सेनाका गोर्खा मेजर झप्टमान पारघरी खजुमको भनाई छ । 

तस्बिरहरु : प्रकाश पाक्सावा नाम्सामी

Chathar-Limbuwan-ko-Nisan-1