वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाको प्राचीन हरिद्वार चतराधाममा सञ्चालन भइराखेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी, व्यवस्थापन, अतिथिहरूको आगमन, मेला सञ्चालन लगायतका व्यवस्थापनमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको सक्रियता र काम उत्साहजन रहेको नेपाल राष्ट्रका प्रथम जगदगुरु, कुम्भ मेलाका सर्जक एवम् बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल समारोह समितिका अध्यक्ष बालसन्त मोहन शरण देवाचार्यले जिकिर गरेका छन् । जगदगुरु बालसन्त मोहन शरणले बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल समारोह समितिका सह-अध्यक्ष समेत रहेका नगर प्रमुख कार्कीलाई कुम्भ मेलाको समग्र कुरा हेर्दा सफल मेयर भएको उद्घोष गरेका छन् ।

कुम्भ मेलाको तयारीमा सक्रिय भएर नगर प्रमुख सुरु देखिनै लाग्नु भएको थियो । मेलाको प्रचार प्रसार देखि प्रचारात्मक गतिविधि, प्रदेश र सङ्घीय सरकारसँग समन्वयदेखि सहयोग लिन स्थानिय सरकार प्रमुखको रूपमा उहाँको काम रहयो । कुम्भ मेला परिसरमा सरसफाइ गर्व आफै झाडु बोकेर नगर प्रमुख लाग्नु भएको थियो । कुम्भ मेला आयोजना, तयारी, व्यवस्थापनको विषयमा उहाँको चिन्ता र चासोले गर्दा पनि नेपालको चतराधाममा आयोजना भएको पाचौ कुम्भ मेला बाह्रवर्षे पिण्डेश्वर पूर्ण कुम्भ मेला उल्लासमय रूपमा सफल भएको छ ।

मेलामा करिब १ करोडको हाराहारीमा भक्तजनहरू आएर कुम्भ स्नान गरेको जगदगुरु बालसन्त मोहन शरणको दाबी छ । कुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुनु, देश विदेशका सन्त महन्तहरूको आगमन हुनु, पूर्व प्रधानमन्त्री, पार्टी अध्यक्षहरू, पूर्व उप-प्रधानमन्त्री, मन्त्रीहरू, पूर्व मन्त्रीहरूको उल्लेखनीय सहभागिताले गर्दा पनि कुम्भ मेला सफल भएको छ । भक्तजनहरूको उपस्थिति हेर्दा सम्पूर्ण नेपालीहरूले कुम्भको उपवनत्व लिएको महसुस भएको छ । नेपालीहरूमा कुम्भ मेला प्रतिको जागृत हेर्दे नेपालको कुम्भ मेला स्थापित भएको छ ।

अमृतको थोपा झरेको भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको छ । कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रूपमा स्थापित छ ।

नेपालमा एक मात्र चतराधाममा लाग्ने उक्त मेला गत चैत्र २७ गते चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया वैशाख २८ गतेसम्म १ महिना सञ्चालन हुनेछ ।

Jagadguru news 2

Jagadguru news 3