प्रधानमन्त्री महोदय, तपाईँ महान् हुनुहुन्छ,’ फेब्रुअरीमा प्रधानमन्त्री मोदीसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका यी शब्दले उनीहरूको बलियो सम्बन्धलाई मात्र प्रतिबिम्बित गर्दैन, बरु प्रधानमन्त्रीको बढ्दो विश्वव्यापी कदलाई पनि जोड दिन्छ ।
भारत र अमेरिकाले जटिल व्यापार र शुल्क चुनौती सामना गर्दा मोदीले कूटनीतिक सम्बन्धलाई सुदृढ पार्दै र विश्वको सबैभन्दा शक्तिशाली नेतामध्ये एकको रूपमा आफ्नो हैसियत बनाउँदै अनुकूल सम्झौता सुरक्षित गर्ने अतुलनीय क्षमता प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले प्रमुख आर्थिक र रणनीतिक प्राथमिकतालाई अगाडि बढाएर रणनीतिक रूपमा विश्वव्यापी मञ्चमा आफूलाई पुनर्स्थापित गरेको छ । आक्रामक रूपमा द्विपक्षीय व्यापार सम्झौता गर्दै उनको कूटनीतिले भारतलाई रणनीतिक महत्वको स्थितिमा पुर्याएको छ र कुनै पनि एकल बजारमा निर्भरता घटाएको छ ।
सन् २०२४ मा भारतको जिडिपी ४ ट्रिलियन डलर नाघेको (विश्वको पाँचौँ ठुलो अर्थतन्त्रको रूपमा आफ्नो स्थान सुरक्षित गर्दै) थियो । सरकारले २०३० सम्ममा वैदेशिक व्यापारलाई दोब्बर गरी दुई खर्ब डलर पुर्याउने लक्ष्य राखेको छ । यो गतिलाई २०२४ मा ८५ अर्ब अमेरिकी डलर पुगेको कीर्तिमानी विदेशी प्रत्यक्ष लगानीले थप बलियो बनाएको छ ।
भारतीय उत्पादनमा अमेरिकी शुल्कको झट्का जस्तो लागे पनि घरेलु नवाचारलाई गति दिएर र भारतको औद्योगिक आधारलाई बलियो बनाएर दीर्घकालीन फाइदातर्फ अगाडि बढ्न सकिन्छ । राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् कि यो शुल्क व्यापक विश्वव्यापी रणनीतिको हिस्सा हो र भारतविरुद्ध दण्डात्मक उपाय होइन ।
अमेरिकी बजारमा पहुँच कम भएपछि, भारतीय उद्योगलाई प्रविधिको स्तर वृद्धि गर्न, उत्पादनको गुणस्तर सुधार्न र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न उत्पादनलाई सुव्यवस्थित बनाउन जोड दिइन्छ । यस चुनौतीले संरचनात्मक सुधारलाई उत्प्रेरित गर्न र स्थानीय उत्पादनमा लगानीलाई गति दिन सक्छ, जसका कारण अन्ततः भारतको दीर्घकालीन आर्थिक वृद्धि बढ्न सक्छ ।
विज्ञहरूले मोदीको कूटनीतिक कौशललाई व्यापक रूपमा स्वीकार गर्छन् । अमेरिकी प्रशासनमा सेवा गरेका शीर्ष अमेरिकी विश्लेषक एस्ले जे टेलिस र लिसा कर्टिसले पारस्परिक करको पृष्ठभूमिका बाबजुद राष्ट्रपति ट्रम्पसँगको वार्ता “उत्कृष्ट रूपमा सफल” भएकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरे । ट्रम्पको कार्यालयमा पहिलो महिनाभित्र मोदीको भ्रमण एक प्रमुख अमेरिकी सहयोगीको रूपमा भारतलाई बलियो बनाउने रणनीतिक कदम भएको टेलिसले नोट’ गरे ।
यो सम्बन्धलाई मोदीको शैलीमा ट्रम्पको मगा (मेक अमेरिका ग्रेट अगेन) नारामा एक नाटकमार्फत थप उदाहरण दिइएको थियो । मोदीले मिगा (मेक इन्डिया ग्रेट अगेन) शब्दको रचना गरे र अमेरिका र भारतले सहकार्य गर्दा मगा (एमएजिए) र मिगा (एमआइजिए) ले समृद्धिका लागि मेगा (एमइजिए) साझेदारी बनाउने बताए ।
प्रधानमन्त्री मोदीको हालसालैको कूटनीतिक संलग्नताले उनलाई यस्तो नेताको रूपमा देखाउँछ, जो वार्तालापमा निपूण मात्र होइन, रणनीतिक रूपमा भारतको विश्वव्यापी हैसियत उचाल्न सक्षम छन् । आर्थिक, रक्षा र प्राविधिक साझेदारी निर्माण गर्ने उनको क्षमतालाई थोरैले मात्र टक्कर दिन सक्छन् । राष्ट्रपति ट्रम्पले पनि मोदीको वार्तालाप गर्ने क्षमतालाई स्वीकार गर्दै भने, उनी मभन्दा धेरै कडा र राम्रो वार्ताकार हुन् । त्यहाँ कुनै प्रतिस्पर्धा छैन ।’ प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो कूटनीतिक दबाबले भारतले आतंकवादविरुद्धको लडाइँमा ठुलो सफलता हासिल गरेको छ । मोदीले विश्वव्यापी रूपमा आतंकवादी सुरक्षित आश्रयस्थल उन्मूलन गर्ने प्रतिबद्धता पूरा गरे, जुन विषय भारत र अमेरिकाले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिको मुख्य आकर्षण हो ।
मोदीको दृढ अडानको परिणामस्वरूप ट्रम्पले सन् २००८ को मुम्बई आतंकवादी हमलाका मुख्य अभियुक्त तहब्बुर राणाको सुपुर्दगीलाई आधिकारिक रूपमा अनुमोदन गरेका छन् । आतंकवादीलाई न्यायको कठघरमा उभ्याउने प्रयासमा यो भारतका लागि ठुलो कूटनीतिक विजय हो । भारतमा आक्रमणका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने मोदीको अथक प्रयासलाई समर्थन गर्दै ट्रम्पले भविष्यमा थप सुपुर्दगी गर्ने संकेत पनि दिए ।
भारत र अमेरिकाबिचको मेगा साझेदारीको खुलासा हुँदा यो स्पष्ट छ कि मोदीले वर्तमानलाई मात्र आकार दिइरहेका छैनन्, बरु भारतको भविष्यलाई विश्वव्यापी शक्तिको रूपमा सुरक्षित गरिरहेका छन् । रुस–युक्रेन युद्ध र रुसी तेलमा लगाइएका पश्चिमी प्रतिबन्धका कारण विश्व ऊर्जा बजारले अभूतपूर्व चुनौतीको सामना गर्नुपर्दा अधिकांश देशले इन्धनको मूल्यवृद्धि र आपूर्ति अवरोधसँग संघर्ष गरे । यद्यपि, प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले बाधा अड्चन परास्त ग¥यो र विश्वव्यापी तेल कूटनीतिमा रणनीतिक खेलाडीको रूपमा देखा प¥यो । एक व्यावहारिक र राष्ट्रिय हितको दृष्टिकोण अपनाएर मोदी सरकारले कुशलतापूर्वक रसियाली कच्चा तेल प्राप्त ग¥यो । सबै पश्चिमी दबाबको प्रतिरोध गर्दै विविध ऊर्जा स्रोत र बलियो विश्वव्यापी साझेदारी कायम राख्यो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो आर्थिक, रक्षा र प्राविधिक क्षमतालाई बढावा दिन रुस, संयुक्त राज्य अमेरिका र प्रमुख वैश्विक खेलाडीजस्ता राष्ट्रसँगको सम्बन्धको लाभ उठाउँदै आफ्नो अन्तर्राष्ट्रिय साझेदारीको रणनीतिक पुनर्संरचना देखेको छ । रुससँग भारतको लामो समयदेखिको सम्बन्ध विशेषगरी रक्षा र ऊर्जा क्षेत्रमा गहिरो छ । निरन्तर हतियार सम्झौताजस्तै उन्नत क्षेप्यास्त्र प्रणालीको खरिदले राष्ट्रिय सुरक्षा सशक्त बनाएको छ ।
यसबाहेक आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणमा सहकार्यले प्राविधिक आदानप्रदान र नवीनताका लागि नयाँ मार्ग खोलेको छ । यसका साथसाथै, भारतले संयुक्त राज्य अमेरिकासँग आफ्नो सम्बन्धलाई मजबुत बनाएको छ, जसले ऐतिहासिक रक्षा सम्झौता र प्रविधि हस्तान्तरण गरेको छ । सरकारले डिजिटल पूर्वाधार र नवाचारमा पनि प्रगति गरेको छ, जसले यसको विश्वव्यापी रणनीतिमा सन्तुलित दृष्टिकोण झल्काउँछ ।
एनडिटिभीका लागि भाजपा प्रवक्ता प्रदीप भण्डारीको लेख ।