वराहक्षेत्र : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय झुम्काले झुम्कामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम वराहक्षेत्र अन्तर्गत पर्ने झुम्कास्थित थारु कल्याणकारीणी सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको सभाध्यक्षता कमल कुमारी चौधरीले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिका वडा नं. ५ की कार्यवाहक वडा अध्यक्ष सीता ढुङ्गाना उपस्थित थिइन्।
त्यसैगरी, इलाका प्रहरी कार्यालय झुम्काका प्रमुख राम प्रसाद चौधरीको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय अन्तर्गतबाट अनुपालन तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख हरि प्रसाद कोइराला तथा अनुगमन कार्यालय चतराका प्रमुख हेमराज दाहालले सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए।









































































