धरान : भिभोले नेपाली बजारमा नयाँ भिभो भी७० एफई सार्वजनिक गरेको छ। कम्पनीले यसलाई ट्राभल पोर्ट्रेट फ्ल्यागशिप स्मार्टफोनका रूपमा प्रस्तुत गरेको जनाएको छ।
स्मार्टफोनमा २०० मेगापिक्सेल ओआईएस अल्ट्रा-क्लियर क्यामेरा, ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेरा तथा अगाडि पछाडि दुवै क्यामेरामा ४के भिडियो रेकर्डिङ सुविधा रहेको छ। एआई म्याजिक ल्याण्डस्केप र एआई म्याजिक वेदरजस्ता एआई फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
फोनमा ७००० एमएएच ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज, १.५के इन्फिनिटी एमोलेड डिस्प्ले र अल्ट्रा–थिन डिजाइन रहेको छ। यो ओसियन ब्लु र म्युज पर्पल रंगमा उपलब्ध हुनेछ।
भिभो भी७० एफईको ८ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ र १२ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ७२ हजार ९९९ रुपैयाँ तोकिएको छ। ग्राहकले फोन नेपालभरका भिभो स्टोर तथा दराज नेपाल मार्फत खरिद गर्न सक्नेछन्।









































































