धरान : नेपाली कवितामा नयाँ पुस्ताको आकर्षण बढाउन पछिल्लो समय आएको डिजिटल प्रविधिको प्रयोग जरुरी भएको शनिवार धरानमा भएको १० स्कुले किशोरीहरूको कविता वाचनले पुष्टि गरेको छ ।

प्रविधिले दैनिक जीवनका सबै कुरा हेर्ने, सुन्ने प्रवृत्तिलाई एक किसिमको सौन्दर्यकृत गरिदिएको अवस्थामा नेपाली कवितामा नयाँ पुस्ताको आकर्षण बढाउन नयाँ माध्यम प्रयोग जरुरी भएको हो । कविता वाचनको स्टेज क्यामरामा हेर्दा टेलिभिजन स्टुडियोको रूपमा देखिन्थ्यो ।

कवियत्रीहरु कुनै सौन्दर्य प्रतियोगीताका अडिसनमा प्रस्तुत भैरहेका जस्तो देखिन्थे । उनीहरूमा आत्मविश्वास पूर्व प्रस्तुत भएको देखिथ्यो नै, त्यसमा आफ्नो प्रस्तुति लाइभ रेकर्ड भइरहेको छ भन्ने चेतना देखिन्थ्यो । कविताहरूको समीक्षा गर्दै कवयित्री टिका आत्रेयले त्यस्तो पुष्टि गर्दै भनिन् ‘कविताको प्रस्तुति आत्मविश्वास पूर्ण चेनावास्थमा भएको पाएँ ।’

सहप्राध्यापक डा.तुलसी गौतमले किशोरीहरूको कवितामा प्रकट चिन्तन, असन्तुष्टि, देश प्रेमको भावना समसामयिक नेपाली कविता तहको छ । उनले भने ‘स्कुले किशोरीहरूको कविताका अभिव्यक्तिले उनीहरूको चिन्तन स्तर उच्च रहेको देखिन्छ ।’

उन्नाइसौँ शताब्दी (१८७१)को पूर्वार्ध देखी सुरु भएको मानिने नेपाली कविता लेखनको बीज प्राचीन वैदिक कालका ऋचाहरूकै हुन भनिन्छ । धार्मिक ऋचा मुन्धुमहरूको पारायणलाई मानवीय समवेदनाको रूपमा प्रकट गर्ने कविताको प्रस्तुति र प्रवृत्तिको बदलाव क्रमले करिब ३ सय वर्ष नाघेको छ ।

२१औँ शताब्दीमा दौडिरहेको आर्टिफिसियल इन्टलीजेन्ट प्रविधिमा दौडिरहेको पुस्ता प्राविधिक सौन्दर्यबाट नेपाली कवितामा आकर्षित भएका हुन । यो आकर्षणले नेपाली कविताले नयाँ फड्को मार्न सक्छ । डिजिटलको दुनियाँमा प्रतिभा प्रदर्शन गर्ने विषय रूप, रङ्ग र पहिरन मात्र होइन ।

धेरै विषयहरू मध्ये कविता साहित्य पनि हुनसक्छ । सुदिप पाख्रिनका अनुसार कलरव धरानले धरानका स्कुलहरूमा गरेको पोयट्री पार्टी यसै उद्देश्यबाट गरेको हो । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले पोयट्री पार्टीबाट उत्कृष्ट ठ्याएका १० कवितालाई डिजिटलाइज रचना वाचनको रूपमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष राजेश विद्रोहीले बताए ।

कलरव र प्रतिष्ठानका वीरेन सुब्बा आफै फेशन फोटोग्राफर भएकोले कविता वाचनलाई ग्लेमरस बनाउन तल्लीन थिए । कविता वाचन गर्ने कक्षा ८ देखी ११ का उत्कृष्ट किशोरीहरूमा विष्णु मेमोरियलकी सिमरन राई, माउन्ट हर्मनकी अङ्कित राम, समिट सेकेण्डरीकी अधि श्री दाहाल, पदम मेमो रियलकी मेलिन लिम्बु, थिइन् ।

आशा एकेडेमीकी फुङसा लिम्बु, भानु स्मृति माविकी अनिसा परियार, सरस्वती माविकी सुशीला थापा, पर्वत बोर्डिङ स्कुलकी पिक्सी राई, आशा एकेडेमीकी समीक्षा लामिछाने र भानु स्मृति माविकी लास्ना लिम्बु उत्कृष्ट १० मध्येले कविता वाचन गरेकी थिइन् ।